ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

अद्यावधिकका लागि कुलमानको ‘उज्यालो नेपाल पार्टी’ आयोगमा, रिमा विश्वकर्मा पनि केन्द्रीय सदस्य

२५ कार्तिक २०८२, मंगलवार
२५ कार्तिक २०८२, मंगलवार

काठमाडौँ ।

दल दर्ताका लागि पेस भएको कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ ।

उक्त पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए ।

उनका अनुसार पूर्वसचिव अनुपकुमार उपाध्याय अध्यक्ष प्रस्ताव गरिएको छ । उपाध्यायलाई अध्यक्ष र बाँकी सबैलाई सदस्य राखिएको छ । पार्टीको सदस्यमा डा. तारा प्रसाद जोशी, प्रा.डा. महेन्द्र सुन्दर लावती, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, डा. अभिषेक राज सिंह, डा. शंकर ढकाल, ई. तेजनारायण यादव, कलाकार रिमा विश्वकर्मा, टासी ल्हामोल्म, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङ, निलिमा बस्नेत छन् ।

त्यस्तै, दिपेन्द्र जमरकट्टेल, सीता देवी पाण्डेय, ज्ञानेन्द्र कुमार तामाङ, डकेन्द्र सिंह थेगिम, डा. आशुतोष विजय पन्त, डाबर लावती, हिरा प्रसाद सोती (किरण वि.क.) सोम प्रसाद चौधरी, विजय कँडेल, अरविन्द साह, धनबहादुर भिक्क्षन, कुशल गरुङ, निर्देश सिलवाल, लाक्पा फुटी शेर्पा, सुवास प्रधान, जितराम लामा, सरस्वता सुब्बा (सरु), विद्या श्रेष्ठ महर्जन, रामेश्वर श्रेष्ठ, मनोज नुगर र तुलसा वाग्ले लगायत रहेका छन् ।

गत साउन २७ मा दल दर्ताका लागि आयोगमा निवेदन दिइएको भए पनि आवश्यक कागजात नपुग्दा दर्ता हुन सकेको थिएन । कुलमानले निवेदनलाई संशोधन गरी संयोजकमा उपाध्याय बनाएर बुझाएको छ ।

पहिलेको निवेदनमा दलको निर्वाचन चिन्ह ‘बलेको चिम’ माग गरिएको छ । अद्यावधिक विवरणमा केन्द्रीय समितिमा ५१ सदस्यीय समिति प्रस्ताव गरिएको लामाले जानकारी दिए । कुलमान भने पार्टीमा आबद्ध भएका छैनन् ।

किरण विकले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जेनजी पार्टी नेपालले कुलमानको पार्टीलाई समर्थन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?