ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी

२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

काठमाडौँ ।

कात्तिक १९ गते १० वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापनका लागि कार्यदल बनाउने तयारी गरेको छ ।

काठमाडौँमा सम्पन्न एकता घोषणा सभाले संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजकमा माधवकुमार नेपाललाई निर्वाचित गरेको थियो । निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामा रहेकाले केही दिनमै कार्यदल बनाएर समायोजन प्रक्रिया अघि बढाउने तयारी भइरहेको नेता हरिबोल गजुरेलले जानकारी दिए ।

शनिबार पेरिसडाँडामा बसेको पार्टी एकता कार्यदलसहित शीर्ष नेताहरूको बैठकले उच्च तहकै नेतृत्वमा कार्यदल बनाउने समझदारी गरेको गजुरेलले बताए । उनका अनुसार, नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल बन्न सक्ने सम्भावना रहेको छ ।

गजुरेलका शब्दमा  “केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा गृहकार्य चलिरहेको छ । एउटा उच्चस्तरीय समायोजन कार्यदल बनाउने तयारी भइरहेको छ । सबै पार्टीबाट समेटेर १०–१५ जनाको कार्यदल बनाउने विचार छ, तर निष्कर्षमा पुगेको छैन ।”

दैनिक कार्य सम्पादनका लागि करिब ३५ सदस्यीय सचिवालय बनाउने तयारी भइरहेको उनले बताए । उक्त सचिवालयमा पूर्व नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का पदाधिकारीहरू रहनेछन् । एकता प्रक्रियामा आएका अन्य दलका पदाधिकारीको भूमिकाबारे भने छलफल जारी रहेको उनले स्पष्ट पारे ।

एकता अघि नै प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म एक दलको संयोजक भएमा अर्को दलले सह–संयोजक रहने समझदारी भएको नेताहरूले जनाएका छन् । एकतापछि केन्द्रीय समिति कति सदस्यको हुने भन्नेमा भने अहिलेसम्म कुनै निष्कर्षमा पुग्न बाँकी रहेको गजुरेलले जानकारी दिए ।

स्रोतका अनुसार, पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा उच्चस्तरीय कार्यदल गठन हुने सम्भावना अझै बलियो छ । यता वार्ता टोली सदस्य प्रकाश ज्वालाले भने, दल दर्ता प्रक्रिया सकिन बाँकी भएकाले समायोजनको औपचारिक प्रक्रिया सुरु नभएको बताए ।

“हिजोसम्म निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामै अल्झिएकाले व्यवस्थापनको विषयमा छलफल हुन सकेको छैन । केन्द्रदेखि स्थानीय तहसम्म समायोजन र व्यवस्थापन कसरी गर्ने भन्नेमा भोलिसम्म केही टुंगो लाग्न सक्छ,” उनले भने ।

उनका अनुसार, नयाँ पार्टीको केन्द्रीय समिति करिब दुई हजार सदस्यीय हुने सम्भावना छ । त्यसअनुसारको पोलिटब्युरो र स्थायी समिति गठनबारे पनि छलफल भइरहेको उनले जानकारी दिए ।

केन्द्रमा करिब ३५ सदस्यीय कोर टिम र एक सय हाराहारीको स्थायी समिति बन्न सक्ने सम्भावना रहेको ज्वालाले बताए ।

त्यस्तै, एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावल पनि कात्तिक २७ गतेसम्म एकता प्रक्रियामा सहभागी हुने तयारीमा रहेको स्रोतले जनाएको छ । मातृभूमि जागरण अभियानका संयोजक समेत रहेका रावल आफ्ना सहयोगीहरूसँग अन्तिम छलफलमा रहेको बताइएको छ ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पनि नयाँ पार्टीमा सहभागी हुन सकारात्मक रहेको नेता ज्वालाले बताए ।
“जसपा पनि एकता प्रक्रियामा आउन सकारात्मक देखिएको छ ।

उनीहरूले केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने बताएका छन् । सायद केही दिनमै निर्णय आउला,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?