Butwal Today

रेसुङ्गामा कुकुर दर्ता भए नवीकरण भएनन्

२३ कार्तिक २०८२, आइतबार
अ+
अ-

गुल्मी, २३ कात्तिक ।

रेसुङ्गा नगरपालिकाले घरमा कुकुर पाल्न अनिवार्य रूपमा दर्ता गर्नुपर्ने बताएपछि  दर्ता भएका घरपालुवा कुकुर हालसम्म पनि नवीकरण भएका छैनन् ।

पशु विकास शाखाका अनुसार  गत आर्थिक वर्षमा ४७ वटा घरपालुवा कुकुरहरू दर्ता भएको भए पनि हालसम्म कुनै कुकुर नवीकरण भएका छैनन् ।

नवीकरण गर्नका लागि आग्रह गर्दै आए पनि नवीकरण हुन नसकेको र थप सूचना जारी गर्ने गरी आफूहरू लागेको  पशु विकास शाखाका हिक्मत सिंह महराले जानकारी दिए ।

घरपालुवा कुकुर दर्ताका लागि नगरपालिकाले तीन सय रुपियाँ र नवीकरणका लागि एक सय रुपियाँ शुल्क निर्धारण गरेको छ ।

यसका साथै गत आर्थिक वर्षमा नगरपालिकाले १०७ कुकुरको स्थायी बन्ध्याकरण गरेको र पुस वा माघ महिनामा पनि स्थायी बन्ध्याकरण गर्ने गरी योजना बनाएको पशु विकास शाखाले जनाएको छ ।