© २०२३
गुल्मी,२३ कात्तिक ।
गुल्मीमा एक हप्ताको समय अवधिमा र २२३ जनाले राहदानी बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म २२३ जनाको राहदानीका लागि आवेदन सङ्कलन भएको हो ।
यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता २७९, प्रतिलिपि १६६, नावलक परिचयपत्र १५, राहदानीको आवेदन सङ्कलन २२३, राहदानी वितरण २७, राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ६३७ राष्ट्रिय परिचयपत्र वितरण ३६४,दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित १०६ भएको छ ।
२२३ जनाको राहदानीका लागि आवेदन सङ्कलन हुँदा ११ लाख ४० हजार राजस्व सङ्कलन भएको हो ।
यस्तै चार वटा संस्था दर्ता तथा नवीकरणबाट दुई हजार चार सय, राष्ट्रिय परिचयपत्रबाट सात हजार गरी कुल ११ लाख ४९ हजार चार सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।