ट्रेंडिंग:

>> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित

खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र

जिल्लामा डेढ दशक अगाडिबाट थालनी भएका दुई दर्जन भन्दा बढी योजना अलपत्र छन् । नेताले नियम मिचेर बजेट तानातान गर्दा ट्याङ्की बनिसकेका योजनाका पाइपलाइन समेत बिस्तार (हे. तानसेन–९ दमकडाको लिफ्ट खानेपानी योजनाको ट्याङ्की) भएका छैनन् ।
२३ कार्तिक २०८२, आइतबार
२३ कार्तिक २०८२, आइतबार

समाचार सारांशमा


  • संघीयता कार्यान्वयन हुनुअघि सुरु भएका धेरै खानेपानी योजना अलपत्र अवस्थामा छन् ।

  • बनेका पूर्वाधार (ट्यांकी, पाइपलाइन, डिप बोरिङ) प्रयोगविहीन भएर खण्डहरमा परिणत हुँदै गएका छन् ।

  • जनता र स्थानीय प्रतिनिधिहरूले संघीय सरकार र ठेकेदारहरूको बेइमानी आरोप लगाएका छन् ।


पाल्पा, २४ कार्तिक । 

मुलुकमा सङ्घीयता कार्यान्वयन हुनु भन्दा अगाडि सुरु भएका खानेपानीको योजनाहरू अलपत्र रहेको पाइएको छ ।

बजेट अभावका कारण देखाउँदै पूर्वाधार पूरा गरिएका छैनन् । सङ्घीयता कार्यान्वयन भएपछि जनता यस्ता काममा सुविधा पाउलान् भन्ने कथन फेल भएको छ ।  गाउँमा सुरुवात भएको लिप्टिङ खानेपानीको लागि पूर्वाधार बन्यो । विद्युतीय उपकरण खरिद भयो ।

थप पूर्वाधार निर्माणका लागि बजेट नहुँदा विद्युतीय सामग्री दिनप्रतिदिन बिग्रँदै गएको भैरव स्थानका स्थानीय बासिन्दा तथा रिब्दीकोट गाउँपालिकाका प्रतिनिधि सोम कुमार कार्की बताउँछन् ।

सङ्घीय सरकारको बेइमानीका कारण आफ्नो गाउँमा टङ्की बनेर बसेका छन् धारा बिस्तार हुन नसकेको वर्षौँ भयो । बनेको टङ्की पानी विहीन हुँदा घामका कारण फुट्ने चर्कने अवस्थामा पुगेको तिनाउ गाउँपालिका कोलडाँडाका स्थानीय लाल बहादुर दर्लामी बताउँछन् ।

जिल्लामा डेढ दशक अगाडिबाट थालनी भएका दुई दर्जन भन्दा बढी योजना अहिले सङ्घीय सरकारको बेवास्ताका कारण अहिले बेवारिसे जस्तै भएको छ । विगतमा प्रक्रियागत सुरुवात भएको योजना हो ।

माडी फाँटमा डिप बोरिङ गाडियो, गाउँमा टङ्की बन्यो पाइप लाइन बिस्तार गर्ने समयमा बजेट रोकियो । १ हजार ५ सय जनता लाभान्वित हुने यो योजना अहिले अलपत्र परिएको वगनासकाली गाउँपालिकाको पोखरा थोकका स्थानीय मोहनलाल गैरे बताउँछन् ।

योजना अलपत्र भयो निर्वाचनमा मत माग्न आएका नेताहरूले आश्वासन दिएको पनि धेरै भयो तर प्रगति भएन । हाम्रा माननीयहरूले पनि केही गरेनन् बनेका पूर्वाधार खण्डहरमा परिणत हुने क्रम भयो उनले भने ।

तत्कालीन के.पी ओलीको नेतृत्वमा बनेको सरकारको समयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष यही पाल्पाका हुन् । उनले पनि जनताको आवश्यकता भन्दा केही झोले नेता र ठेकेदारका लागि अनुकूलित बजेट नियम मिचेर आफ्नो गाउँमा योजना चलाउँदा गाउँका वर्षौँ पुराना योजना अलपत्र पारेको स्थानीय गुनासो गर्न लागेका छन् ।

खानेपानी कार्यालयमा कार्यरत प्राविधिक ठेकेदार भए गाउँमा आएपछि टङ्की बनाए । बाँकी काम अलपत्र बनाएर गए सफा खानेपानी सपना सपना जस्तै भएको तिनाउ गाउँपालिका सत्यवतीकी ७० वर्षीय देव कुमारी दर्लामी बताउँछिन् ।

अधिकांश योजनाको वितरण लाइन निर्माण र विद्युतीयकरण गर्न बाँकी रहेछन् । विगतमा कार्यलय प्रमुखले यस्ता योजनालाई पूर्णता दिनका लागि आवश्यक थप रकम लागि पहल नगर्दा २६ वटा योजना अलपत्र अवस्थामा रहेको कार्यालयका एक प्राविधिकले बताए ।

रैनादेवी छहरा गाउँपालिकाको मुझुङमा करिब २ हजार जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने गरी लिप्ट खानेपानी योजनाको थालनी भयो । तत्कालीन समयमा २ करोड ८४ लाख ५३ हजार रुपैयाँ लागत प्रस्तावित भयो । योजनाको सुरुवात भयो पटक पटक गरेर प्राप्त बजेटले असी प्रतिशत भौतिक प्रगति भयो ।

सङ्घीय सरकारले ३० लाख रुपैयाँ रोकिदिँदा भलच्याम्बर निर्माण सँगै वितरण लाइनको काम अधुरो भएको स्थानीयहरू बताउँछन् । बजेट यस वर्ष रोकिएको होइन विगत वर्षदेखि नै रोकिएको हो । २६ वटा अलपत्र योजना मध्ये एक दर्जन लिप्ट योजना मात्र रहेका छन् ।

जलवायु अनुकूलित बृहत् खानेपानी योजना (सङ्घ सर्सत) अनुदान कार्यक्रममा योजना अन्तर्गतका योजना मध्य केही जनताका लागि भन्दा नेताका लागि त केही कार्यालयका कर्मचारीका आवश्यकताका लागि सुरु भएका योजनाहरू अधुरा रहेका हुन् ।

माथा गढी गाउँपालिकाको गोठादी पुरन पानी सात पोखरी लिप्ट योजना सुरु भयो १ करोड ९६ लाख ४० हजार बजेट प्रस्तावित भयो पटक पटक गरेर प्राप्त बजेटले ७० प्रतिशत भौतिक प्रगति भयो । सङ्घीय सरकारले यो योजना सम्पन्न गर्नका लागि ५५ लाख रुपैयाँ सरकारले रोक्दा विद्युतीय र ट्रान्स मिसन लाइनको काम बाँकी छ ।

खानेपानीको कष्ट नै छ यहाँ तर यहाँ भन्दा पछि थालनी भएका योजना सम्पन्न भए । यहाँका जनताको पहुँच नपुगेका कारण योजना लथालिड्ड भएको स्थानीय कृष्ण बहादुर नेपाली बताउँछन् ।

निर्वाचनका समयमा माननीयका उम्मेदवारहरू एक घर एक धाराको नारा लगाई सार्थक बनाउने प्रतिबद्धता व्यक्त गर्दै आए चुनाव पनि जिते चुनाव पछि जनताको सामु गरेका बाचालाई लत्त्याएका कारण यो योजना विगत सात वर्ष देखि अलपत्र परेको उनले बताए ।

गुणनिधि पोखरेल
प्रमुख, खानेपानी तथा सरसफाई कार्यालय, पाल्पा

खानेपानी कार्यालयका प्रमुख गुणनिधि पोखरेल भन्दछन्, सङ्घीयता भन्दा जेठा योजनाहरू बजेट अभावका कारण अलपत्र अवस्थामा पुगेको हो । विगतमा जे जस्तो भए पनि जनताको समस्यालाई न्यूनीकरण गर्दै लैजानका लागि सङ्घीय सरकारको अर्थ मन्त्रालय, खानेपानी मन्त्रालय समक्ष समन्वय गरेर योजनाहरू पुरा गर्दै जानी हो ।

विगतका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुको विकल्प नहरेको उनी बताउँछन् । पुराना योजना सम्पन्न गर्नका लागि सङ्घीय सरकारबाट थप २ अर्ब २५ करोड ३० लाख रुपैयाँ बजेट आवश्यकता पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?