ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस्

२२ कार्तिक २०८२, शनिबार
२२ कार्तिक २०८२, शनिबार

काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासंघले हालका आन्दोलन र तोडफोडका घटनाबाट निजी क्षेत्र गम्भीर रूपमा प्रभावित भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई उद्योगी–व्यवसायीका समस्या सम्बोधन गर्न आग्रह गरेको छ।

महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उच्च सरकारी अधिकारीहरूलाई बोलाइएको थियो।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले भने, ‘यसपटकको आन्दोलनमा निजी क्षेत्र बढी आहात भएको छ। जसो तसो जोहो गरेर, ऋण गरेर उद्यमीले लगानी गरेको हुन्छ। राजस्व क्षेत्रमा योगदान पुर्‍याएको हुन्छ, रोजगारी सिर्जना गरेको हुन्छ। तर पनि उद्योगी व्यवसायीका शयनकक्षसम्म लुटपाट भएको छ, व्यापार व्यवसायमा आगो लागेको छ।’

ढकालले यस्तो अवस्थाले सबैलाई आत्मपरीक्षण गर्न बाध्य पारेको बताए। ‘यो घटनाले सबैले आफैले आफैलाई फर्केर हेर्न बाध्य पारेको छ। हामी पनि फर्केर हेर्दै छौं, हामी कहाँ चुक्यौं अनि समाज कहाँ चुक्यो,’ उनले भने।

्नाफा कमाउने कार्यलाई अपराधको रूपमा चित्रण गर्नु गलत भएको बताउँदै ढकालले के त्यो अपराध हो भनेर प्रश्न समेत गरे। ‘नाफा आर्जन गर्नु नै अपराधको रूपमा चित्रित हुँदै आएको छ,’ उनको प्रश्न छ, ‘तर व्यवसायीको उद्देश्य सेवा दिएर नाफा कमाउनु हो। के रोजगारी सिर्जना गर्नु, राजस्व बुझाउनु र राज्यका लागि महत्वपूर्ण काम होइन र?’

ढकालले जेनजी आन्दोलनका बेला आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरे। ‘यदि यस्ता कार्यमा संलग्नमाथि कानूनी कारबाही भएन भने दण्डहीनता मौलाउनेछ। कुनै पनि नाममा यसलाई प्रशय दिनु हुँदैन,’ उनले भने।

उनले थपे, ‘लुटपाट, आगजनीमा संलग्नलाई कारबाही गरी यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको मनोबल बढाएर काम गर्नु आवश्यक छ। यसमा सरकारले कुनै पनि कसर बाँकी राख्नु हुँदैन।’

ढकालले करिब ७ वर्षदेखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइन सम्बन्धी समस्या समाधानमा प्रधानमन्त्रीको पहलको प्रशंसा गर्दै भने, ‘करिब सात वर्षदेखिको विवाद समाधानका लागि प्रधानमन्त्रीले गरेको प्रयास प्रशंसनीय छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?