ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’

२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

पाल्पा, २१ कात्तिक ।

पाल्पाको तानसेन नगरपालिका–११, बन्दीपोखरास्थित जोगीपानी कुवा अहिले स्थानीय र बाहिरका भक्तजनहरूको आस्थाको केन्द्र बनेको छ। धार्मिक विश्वास अनुसार, यहाँको पानी खुवाएपछि नबोल्ने बच्चाहरूको बोली फुट्ने गर्छ। यो चमत्कारिक विश्वासले गर्दा दैनिक रूपमा टाढाटाढाबाट अभिभावकहरू आफ्ना सन्तान लिएर यहाँ आइपुग्ने गरेका छन्।

गुल्मीको विरवासकी मालती खनाल पनि तीमध्ये एक हुन्। ३६ वर्षीया खनालका अनुसार, उनका चार वर्षसम्म नबोलेका छोराको बोली जोगीपानीको पानी खुवाएपछि फुट्यो। “छोरा बोल्दैन भनेर आफन्तले समेत हेप्थे। पानी खुवाएको केही दिनमै ऊ बोल्न थाल्यो,” उनी भावुक हुँदै भन्छिन्। अब त उनले कुवामा पूजा गर्न घण्टी चढाउन आएको बताउँछिन्।

त्यस्तै, रुरु गाउँपालिका बम्घाकी रेनुका राना पनि आफ्ना तीन वर्षसम्म नबोलेका छोराको बोली यहीँको पानीले फर्किएको अनुभव सुनाउँछिन्। “गाउँमा लाटो बच्चा जन्माएको भनेर गाली गर्थे। माईती जाँदा यो कुवाको कुरा थाहा पाएँ। पानी खुवाएको केही क्षणमै छोरा बोल्न थाल्यो,” उनले खुशी व्यक्त गरिन्।

बुटवल देविनगरका बलबहादुर अधिकारी ले पनि जोगीपानीको पानीलाई “चमत्कारीक” भन्दै अनुभव सुनाए। उनका अनुसार, सात वर्षदेखि सांकेतिक रूपमा मात्र कुरा गर्ने बच्चाले मंगलबार बिहान यहाँको पानी खुवाएपछि तुरुन्तै बोली फुट्यो।

परम्परागत कथा र धार्मिक विश्वास

स्थानीय भुन कुमारी गहतराज अनुसार, धेरै वर्षअघि एक जोगी यस क्षेत्रबाट भिक्षा माग्दै जाँदा प्यासले तड्पिए। वरिपरि पानी नपाएपछि उनले फलामको चिम्टाले जमिन खनेर पानी निकालेर पिए। त्यही स्थानबाट पानी उम्रिएको र त्यसैको नाम ‘जोगीपानी’ रहन गएको जनविश्वास छ। स्थानीयहरूका अनुसार, जोगीको वरदानले नै यो पानीमा “नबोल्ने बच्चालाई बोलाउने शक्ति” छ।

७० वर्षीय स्थानीय जोगबहादुर गहतराज भन्छन्, “यो परम्परा कहिलेदेखि सुरु भयो भन्ने कसैले भन्न सक्दैन। हाम्रो पालादेखि नै बच्चा नबोल्दा यो कुवाको पानी खुवाउने चलन चल्दै आएको छ।”

पहिले यो कुवा सडक किनारमै थियो, तर मोटरबाटो विस्तार भएपछि तल सारिएको छ। पहिले वरिपरि पिपल र चापका रुखहरूले कुवालाई घेरिएको थियो, जहाँ बच्चालाई पानी खुवाउने चलन थियो। अहिले ती रुखहरू हटाइए पनि श्रद्धा र विश्वास भने अझै ज्यूँदै छ।

धार्मिक आस्था र आधुनिक विश्वासको संगम

जोगीपानी कुवाको पानीमा वैज्ञानिक कारण हो वा धार्मिक शक्ति — यसको ठ्याक्कै प्रमाण नभए पनि जनविश्वासले यसलाई “बोल्ने कुवा” को रूपमा स्थापित गरेको छ। दैनिक रूपमा भक्तजनहरू यहाँ पुग्छन्, पूजा गर्छन् र घण्टी चढाउँछन्।

स्थानीयहरूको भनाइमा, यो धार्मिक स्थलको प्रचारप्रसार भएमा पाल्पाको पर्यटन र आस्थासँग जोडिएको सम्पदा अझै परिचित बन्न सक्छ।
“यो केवल पानी होइन, आस्था र आशाको प्रतीक हो,” भन्छिन् गहतराज। “यहाँको पानीले नबोल्ने हजारौं बालबालिकालाई बोल्ने बनाउने विश्वास अहिले पनि उस्तै बलियो छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?