© २०२३
काठमान्डौ, १८ कार्तिक ।
नेकपा माओवादी केन्द्रका संयोजक तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता जनार्दन शर्मालाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।
मंगलबार प्रज्ञाभवन, कमलादीमा बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शर्मालाई भोलिसम्म फर्किन आग्रह गरेका हुन् ।
जनार्दनजी बाहिर नजानोस् । भोलिसम्म फर्किनोस् । तपाईँलाई गुमाउन चाहँदैनौ । तपाईँ भ्रमित नहुनोस् । तपाईँ यो बैठकमा आफै नआएको हो, हामीले लखेटेको होइन’, उनको भनाई उद्धृत गर्दै एक नेताले बताए ।