ट्रेंडिंग:

>> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी  >> सल्यानमा घरघर पुगेर स्क्रब टाइफसको जाँच >> भैरहवा विमानस्थल खाली भारतमा विमान ‘डाईर्भट’ >> खानेपानी योजनाको बजेट तानातानले सङ्घीयताभन्दा जेठा योजना अलपत्र >> दाङमा बिलबिजक नभएको कपडा बरामद  >> बुटवलमा ३ अर्ब ५० करोड लगानीको पाँचतारे होटल ‘ह्यात प्लेस’ सञ्चालनमा >> यूसिएमएस भैरहवामा रेडियोलोजी सम्बन्धी कार्यशाला सम्पन्न  

कांग्रेस महामन्त्री गगन थापाले आज महाधिवेशनको कार्यतालिका पेस गर्ने

१८ कार्तिक २०८२, मंगलवार
१८ कार्तिक २०८२, मंगलवार

काठमान्डौ, १८ कार्तिक ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आज पार्टीको केन्द्रीय समिति बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका पेस गर्ने भएका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ललितपुरको धोविघाटमा राखेको छलफलमा थापाले आजको बैठकमा आफ्ना धारणा राख्ने र महाधिवेशन प्रस्ताव प्रस्तुत गर्ने सहमति भएको थियो ।

कार्यतालिका अनुसार आज दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सुरूमा कार्यवाहक सभापति खड्काले सम्बोधन गर्नेछन् । त्यसपछि महामन्त्री थापाले आफ्ना विचारसहित १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्नेछन् ।

थापाले यसअघि केन्द्रीय कार्यसम्पादन समितिमा विभिन्न विकल्पसहित महाधिवेशन कार्यतालिका प्रस्ताव गरेका थिए, तर सभापति शेरबहादुर देउवा पक्षका नेताहरूबीच सहमति जुट्न नसकेपछि प्रस्ताव केन्द्रीय समितिमा पेस हुन सकेको थिएन ।

थापानिकट एक केन्द्रीय सदस्यका अनुसार, उनी आज मंसिरमै वा ढिलोमा पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्न सकिने प्रस्ताव पेस गर्ने तयारीमा छन् । “महामन्त्री थापाले आज १५औँ महाधिवेशनको कार्यतालिका पेस गर्नुहुन्छ,” ती सदस्यले भने, “देउवा पक्षले भने चुनावपछि गर्ने तयारीमा छ ।”

देउवा पक्षका पदाधिकारीहरू — विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, शशांक कोइराला लगायत प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । तर महामन्त्री थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला चुनावअघि नै महाधिवेशन गर्नुपर्नेमा अडिग छन् ।

सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय (डिना), फरमुल्लाह मन्सुर, भिष्मराज आङ्देम्बे, कार्यसम्पादन समिति सदस्य रमेश रिजाल र जिपछिरिङ लामाले पनि चुनावअघि महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

यसैबीच देउवा निकट केन्द्रीय सदस्यहरूले सोमबार नयाँ बानेश्वरमा भेला गरी प्रतिनिधिसभा चुनावपछि वैशाखमा महाधिवेशन गर्न उपयुक्त हुने निष्कर्ष निकालेका छन् । उनीहरूले यही प्रस्ताव आजको केन्द्रीय समिति बैठकमा लैजाने तयारी गरेका छन् ।

पार्टी स्रोतका अनुसार, देउवा पक्षको प्रस्तावमा पुस १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण, घरदैलो र जागरण अभियान सञ्चालन, फागुन २१ को चुनावका लागि उम्मेदवार सिफारिस र त्यसपछि वैशाख २५ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका समावेश गरिएको छ ।

यसैबीच विशेष महाधिवेशन माग गर्दै आएका महाधिवेशन प्रतिनिधिहरूले पनि आजै नयाँ बानेश्वरमा भेला आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?