ट्रेंडिंग:

>> सुनको मूल्य एकैदिनमा ४ हजार ९ सयले उकालो >> मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार सुनुवाइ >> स्वर्गीय बच्छु राईको परिवारलाई एनसीसी कतारद्वारा आर्थिक सहयोग हस्तान्तरण >> भारतबाट ल्याएको अवैध चिनी बरामद  >> ब्रिनोजबाट ७ हजार बढीले लिए कान उपचारको सेवा >> बर्दिबासमा शपथ गराउन मैले नै दबाब दिएको हुँ : मुख्यमन्त्री यादव >> मधेस प्रदेशमा सरकार गठनविरुद्ध ७ दलका सांसदहरूको धर्ना >> मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त >> निर्वाचन नै निकासको मार्ग हुनसक्छ  >> ‘हायातपछि बुटवलमा रात्रिकालीन बजार’  >> बुद्धभूमिको बृजा तालमा स्टिमरको आकर्षण >> पृथ्वीचन्द्र अस्पतालमा करोड बढीको अनियमितता ! >> बुटवल कृषि उपजको लफडा लम्बिदैः वर्ष दिनदेखि प्रहरीको पहरामा बोलपत्र >> दिल्लीमा शक्तिशाली विस्फोट : मृतकको संख्या ९ पुग्यो, २४ जना घाइते >> एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने >> नदी घाटहरूमा अवैध उत्खनन नियन्त्रण गर्न प्रहरीको नियमित गस्ती र निगरानी >> एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क >> नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त >> फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : ओली >> कतारको सडकमै स्याङ्जाका गुरुङको दुखद निधन >> एनपीएल सिजन–२ मा एनसेलको निरन्तर सहकार्य : ‘युनाइटेड बाइ क्रिकेट, कनेक्टेड बाइ एनसेल’ >> सिटिजन्स बैंक र एकता बुक्सबीच विशेष छुटको समझदारी >> जन्मदिनमा केक होइन, शैक्षिक सामग्री बाँडिन् बालगायिका एक्टिमा >> रामकुमारी र किसानसहितका नेताहरू एमालेमा फर्किए >> बुद्ध एयरका मालिकसहितको नयाँ दलले पायो निर्वाचन आयोगबाट प्रमाणपत्र >> सोमबार सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब ५१ करोडमा सीमित >> बुधबार भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै >> टमाटरमा भविष्य खोज्दै किसान >> सामाजिक हितमा रोटरी ‘प्लेटफर्म ’ >> सुत्केरी महिलाको मृत्युपछि भरतपुर अस्पताल तनावग्रस्त >> कपिलवस्तुमा बेपत्ता २ वर्षीया बालिका मृत फेला >> पथलैया–निजगढ सडकमा जंगली हात्तीको आक्रमण, ट्रक चालकको मृत्यु >> निर्माण व्यवसायीलाई भुक्तानीको चिन्ता >> कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ हुने सहमति, चुनाव चिन्ह बिजुलीको चिम >> मुख्यमन्त्री नियुक्ति विवादले उग्र रूप लिँदा कर्मचारीमाथि कुटपिट >> रास्वपाले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क ५० हजार तोक्यो >> सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो >> एमालेले बोलायो विघटित संसदीय दलको बैठक >> ३५ सदस्यीय सचिवालय बनाउने तयारीमा नेपाली कम्युनिस्ट पार्टी >> सिके राउतको प्रस्ताव : मधेसलाई स्वायत्त प्रदेश घोषणा गरौँ >> नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेस भवन अगाडि टायर बाल्दै प्रदर्शन >> मधेसमा मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झन्डा फ्याँकियो >> बुटवलमा युनि कन्सल्ट्यान्स अलायन्सद्वारा शैक्षिक परामर्शदाता भेला >> मधेसमा एमाले, राप्रपा र संघीय समावादीबाट एक-एकजना मन्त्री नियुक्त >> मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त >> बढैयाताल गाउँपालिकामा २६ करोड बेरुजु : प्रमुख प्रशासकीय अधिकृत र लेखापालको मिलेमतोमा रकम हिनामिना >> नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास >> आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै >> तिलोत्तमामा मङ्सिर १५ गतेदेखि औद्योगिक मेला हुने >> सामाजिक सञ्जालबाटै बढ्दो ठगी 

अनील अम्बानीको ३ हजार करोड बराबरको सम्पत्ति जफत

१७ कार्तिक २०८२, सोमबार
१७ कार्तिक २०८२, सोमबार

काठमान्डौ, १७ कार्तिक ।

भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनील अम्बानी स्वामित्वको रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारतीय मुद्रा बराबरको सम्पत्ति जफत गरेको छ ।

इन्डियन एक्सप्रेसका अनुसार, ईडीले सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ)  मुद्दाअन्तर्गत रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति नियन्त्रणमा लिएको हो ।

जफत गरिएका सम्पत्तिमा मुम्बईस्थित अनील अम्बानीको निजी आवास, दिल्लीको रिलायन्स सेन्टर, साथै दिल्ली, नोएडा, गाजियाबाद, मुम्बई, पुणे, ठाणे, हैदरावाद, चेन्नई, काञ्चीपुरम र आन्ध्र प्रदेशको ईस्ट गोडावरी लगायतका क्षेत्रमा रहेका अचल सम्पत्तिहरू समावेश छन् ।

ईडीले सन् २०२२ सेप्टेम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले दर्ता गरेका दुईवटा पहिलो सूचना प्रतिवेदन (एफआईआर) का आधारमा अनुसन्धान सुरु गरेको थियो । यी एफआईआरहरू रिलायन्स होम फाइनान्स लिमिटेड र रिलायन्स कमर्शियल फाइनान्स लिमिटेड लाई ‘एस बैंक’ ले उपलब्ध गराएको छुट्टाछुट्टै ऋणसम्बन्धी हुन् ।

अभियोगअनुसार, सन् २०१७ देखि २०१९ बीच यी कम्पनीहरूले बैंकबाट प्राप्त करीब तीन हजार करोड रुपैयाँ बराबरका ऋण रकम समूहका स्वामित्वमा रहेका शेल कम्पनीहरू र सहायक कम्पनीहरूमा अवैध रूपमा स्थानान्तरण गरी रकम हिनामिना गरेको टाइम्स अफ इन्डिया ले स्रोतले उद्धृत गरेको छ ।

गत शुक्रबार जारी गरिएको जफत आदेशमा ईडीले “नियतवश गरिएको वित्तीय अनियमितता र दस्तावेजीय कमजोरीहरू” फेला परेको दाबी गरेको छ । एजेन्सीका अनुसार, केही कागजातमा मिति नहालेका, मेटेर लेखिएका वा अपूर्ण विवरण रहेका छन् ।

एजेन्सीका प्रवक्ताले भने, ‘धेरैजसो ऋण लिने कम्पनीहरूको वित्तीय स्थिति कमजोर थियो वा उनीहरू सक्रिय नै थिएनन् । ऋण सुरक्षासम्बन्धी कागजात अपूर्ण वा दर्ता नै नभएका थिए, सुरक्षा विवरण खाली राखिएका थिए र ऋणको प्रयोग स्वीकृत उद्देश्यसँग मेल खाँदैनथ्यो ।’

यसअघि भारतीय पूँजी बजार नियामक निकाय, नेशनल हाउजिङ बैंक, नेशनल फाइनान्सियल रिपोर्टिङ प्राधिकरण र बैंक अफ बडोरा लगायतका संस्थाहरूले पनि रिलायन्स ग्रुपका कम्पनीहरूबारे ईडीलाई विस्तृत जानकारी उपलब्ध गराएका थिए ।

यस वर्ष जुलाई महिनामा, ईडीले रिलायन्स ग्रुप अन्तर्गत देशभरका ३५ भन्दा बढी कार्यालयहरूमा छापा मारेको थियो र ५० कम्पनी तथा २५ व्यक्तिको तलासी लिएको थियो ।

स्टेट बैंक अफ इन्डियाले रिलायन्स कम्युनिकेसन र अनील अम्बानीलाई ‘धोखाधडी सूची’ मा राखेको जानकारी सरकारले संसदमा दिएको केही समयपछि नै ईडीले यो छानबिन अघि बढाएको हो ।

त्यसपछि अनील अम्बानीलाई अगस्ट ५ गते ईडीको दिल्लीस्थित मुख्यालयमा सोधपुछका लागि उपस्थित हुन बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?