ट्रेंडिंग:

>> कर्णालीसँगको प्रतिस्पर्धात्मक खेलमा चितवन विजयी >> वर्तमान सरकारले देशलाई लोकतान्त्रिक मार्गबाट विचलित पार्न खोज्यो : झाँक्री >> च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक >> ओलीले अब गर्न बाँकी काम एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो : घनश्याम भुसाल >> विशेष महाधिवेशनबारे छलफल गर्न गगन-विश्वले शेखरलाई भेट्दै >> विप्लव नेतृत्वको पार्टीको नाम फेरियो >> सरकारले क्याबिनेटबाटै सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गरोस्: स्वर्णिम वाग्ले >> नेत्रहीन महिला टी–२० विश्वकप : नेपालसँग पाकिस्तान १० विकेटले पराजित >> दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति >> नेपाल औषधि लिमिटेडद्वारा ९ प्रकारका औषधि उत्पादनको तयारी >> सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक >> पन्चलको अर्धशतकमा कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य >> कांग्रेसका विशेष महाधिवेशन पक्षधरसँग प्रधानमन्त्री कार्कीको भेट >> दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो >> आगामी दुई दशकमा साढे ४२ हजार जहाज आवश्यक पर्ने अनुमान >> तोलामा ३ हजार ८ सय घट्यो सुन >> दिवंगत पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी >> चितवनविरुद्ध कर्णालीका पन्चलले पूरा गरे अर्धशतक >> आगामी निर्वाचन अघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्छ: शेखर कोइराला >> राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक >> अपडेट : दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी >> महान्यायाधिवक्ता विरूद्धको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा >> जसपाको कार्यकारिणी समिति बैठक आज पनि >> दुर्गा प्रसाईं पक्राउ परेपछि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ >> कतारमा बृहत् “रक्तदान कार्यक्रम” हुँदै >> आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ >> निर्माण थालेको ५ वर्षपछि नयाँ भवनबाट सेवा  >> ‘अब दृष्टिकोण बदल्ने समय आएको छ’ >> खाद्यवस्तुमा मिसावट बढ्दो: मारमा उपभोक्ता ! >> वायु प्रदूषणको बढ्दो चिन्ता  >> रुपन्देहीबाट सडक उपभोग दस्तुर सङ्कलन पुनः सुरु >> सरकार बदमास कि ठेकेदार ? नापीमा सरासर, मालपोतमा मनपरी ! >> श्रीराम आधारभूत विद्यालयमा बाल विकास केन्द्रका ४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण >> अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिबी र ट्रिप्पर नियन्त्रणमा >> निगमको जहाज अबदेखि डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने >> एनपीएल उद्घाटन खेलमा काठमाडौँको जित >> नेप्से बढ्यो, ४ कम्पनीको मूल्य १० प्रतिशतले उकालो >> काठमाडौं–गोर्खाजले टस जितेपछि जनकपुर बोल्ट्सले ब्याटिङ रोज्यो >> वायुसेवा निगमको बैठकमा कामू महाप्रबन्धक कालाखेतीले काम गर्न नसकिने घोषणा >> नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्यो >> प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलनासम्बन्धी रिट दर्ता >> बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय >> राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब >> सर्वोच्चले मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न आदेश >> प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगमा ६ राजनीतिक दल दर्ता >> एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस >> अनेरास्ववियुका अध्यक्ष कडरिया पदबाट हटे, जिम्मेवारी महासचिव धामीलाई >> कात्तिक महिनामा १४ अर्बले घट्यो राजस्व संकलन >> मानवताविरुद्धको अपराधमा शेख हसिना दोषी ठहर >> आफ्नै घरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

कपिलवस्तुमा वृहत् साइकल राइडिङ् सञ्चालन हुँदै

१५ कार्तिक २०८२, शनिबार
१५ कार्तिक २०८२, शनिबार

कपिलवस्तु, १५ कात्तिक ।

कपिलवस्तुमा पहिलो पटक पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि बृहत् साइकल राइडिङ् कार्यक्रम हुने भएको छ ।

बाणगंगा राइडर्स क्लव कपिलवस्तुको आयोजनामा यही कात्तिक २९ गते प्रथम बाणगंगा साइकल यात्रा गरिने भएको हो । यस बारेमा आयोजकले शनिबार चारनम्बर जितपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

“स्वस्थ जीवन, स्वच्छ पर्यावरण र पर्यटन प्रवर्द्धन” भन्ने मूल नाराका साथ बाणगंगा राईडर्स क्लब कपिलवस्तुले पहिलो बाणगंगा साइकल यात्रा–२०८२ आयोजना गर्ने तयारी भइरहेको र यसमा सबैको सहयोग आवश्यक रहेको जनाएको छ ।

क्लबले आगामी कार्तिक २९ गते शनिबारका दिन बाणगंगामा विशेष साइकल यात्रा सञ्चालन हुने र यो यात्रामा विश्व साइकल यात्री पुष्कर शाहसहित करिब ४ सय साइकलयात्रीहरु सहभागी हुने आयाेजक संस्थाका टिकाराम पौडेलले जानकारी दिए ।

२०८० सालमा स्थापना भएको क्लबले स्थानीय स्तरमा साइकल संस्कृतिको प्रवर्द्धन गर्दै स्वास्थ्य, वातावरण र पर्यटनका पक्षमा जनचेतना फैलाउँदै आएको छ। क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाका अनुसार हाल देशमा वायु प्रदूषण र ऊर्जा सङ्कट बढ्दै गएको सन्दर्भमा साइकल प्रयोगलाई प्रोत्साहन दिँदै स्वस्थ र वातावरणमैत्री जीवनशैली अङ्गाल्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए ।

यस्तै उक्त कार्यक्रमका कार्यक्रम संयोजक विष्णु प्रसाद घिमिरेले साइकल यात्रामा कपिलवस्तुका विभिन्न ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरू अवलोकन गराउँदै स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्य रहेको जानकारी दिएका छन् ।

कार्यक्रममा कपिलवस्तु जिल्लाका साथै आसपासका जिल्लाका साइकल प्रेमीहरूको सहभागिता रहने जनाइएको छ भने यो यात्रामा विश्वा साइकल यात्री पुष्कर शाहसहित मुस्ताङको घरपजोङ गाउँपालिकाबाट पनि यात्रीहरू सहभागी हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा क्लबले साइकल यात्रा तयारीलाई तीव्र पारेको र सहभागिताका लागि सबैमा आह्वान समेत गरेको छ। साथै, साइकल प्रयोगलाई जीवनशैलीको हिस्सा बनाउन र स्वच्छ वातावरण निर्माणमा सहयोग पुगोस् भन्ने अपेक्षा गरिएको छ। कार्यक्रम संयोजक घिमिरेका अनुसार यो कार्यक्रममा देशभरबाट ४ सय जना सहभागी हुने छन् भने साइकल यात्राको दुरी कुल ७० किलोमिटर रहने छ ।

यो यात्रा कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका एघारै वटा वडा भित्रका मुख्य मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूलाई केन्द्रमा राखेर गरिने छ । कात्तिक २९ गते बिहान ७ बजेबाट यात्रा प्रारम्भ भई साँझ ५ बजे सक्ने लक्ष्य राखिएको छ । यो यात्रामा साइकल राइडरर्स बनेर सहभागी हुन इच्छुक व्यक्तिले एक हजार रकम तिरेर टिकट लिन सक्ने छन् । सहभागीहरूलाई यहाँका विभिन्न पर्यटकीय स्थलहरूमा अभिनन्दन, खाजा र एलर्जी ड्रिङ्कको व्यवस्थापन आयोजकले मिलाउने गरी तयारी गरेको जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?