© २०२३
भैरहवा, कार्तिक १३ ।
रुपन्देहीमा १३ वटा उद्योगमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ । अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु¥याईएकोमा त्यहाँ उनको मृत्यु भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले पुष्टि गरेका छन् ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए । धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।
उनले उद्योगीहरूले नियमित रूपमा मासिक रूपमै बिद्युत् महसुल तिर्दै आएकोमा एक्कासि ४ वर्षको बिल थमाउँदा उनीहरू पिडित भएको बताएका थिए । “आम जनमानसमा भ्रम सृजना गरेर उद्योगीहरूले ठगेका छन् भन्ने पारिएको छ, म यैबाट प्रमाण दिन चाहन्छु उद्योगपतिले ठगेको छैन ।” उनले भने “सरकार र विद्युत प्राधिकरणको गैर जिम्मेवारीपनको कारणले यो भएको हो, यो पैसा विद्युतका कर्मचारीहरूले आफ्नो खल्तीबाट तिर्नुपर्छ ।”
उनले यो आन्दोलनलाई साङ्केतिक रूपमा मात्र लिन जरुरी रहेको र २५ हजार श्रमिकहरूको रोजगारी गुम्दै गएको बताए । उनले श्रमिकहरूलाई गुमाउन नचाहेको बत्ताउँदा बताउँदै उनको बोली लरबरिएको थियो । “अतः यो कारणले………..” भन्दै गर्दा उनी ढले । उनी ढले लगत्तै उपचारको लागि उनलाई क्रिमशन अस्पताल पु¥याईएको थियो । जहाँ उनको मृत्यु भयो । अहिले क्रिमशन अस्पतालमा उद्योगी व्यवसायी सम्बद्ध संस्थाहरूका प्रतिनिधिहरू रहेका छन् ।