ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

शिलान्यासको पाँच वर्षमा बल्ल दुई अस्पताल 

१० कार्तिक २०८२, सोमबार
१० कार्तिक २०८२, सोमबार

गुल्मी, १० कार्तिक ।

गुल्मीका दुई स्थानीय तहले मात्रै १५ शैयाको अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा ल्याएका छन् ।  शिलान्यास भएको पाँच वर्ष बित्नलाग्दा दुई स्थानीय तहमा मात्रै अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका र चन्द्रकोट गाउँपालिकाले १५ शैयाका अस्पताल सञ्चालनमा ल्याएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशका ३९६ स्थानीय तहमा २०७७ साल मङ्सिर १५ गते एकै साथ शिलान्यास गरेको थियो ।

गुल्मीदरवार गाउँपालिकाको वडा नं ३ को झाँक्री डाँडामा १५ शैयाको  अस्पताल निर्माण कार्य सम्पन्न गरी केही महिना पहिलेदेखि सञ्चालनमा ल्याएको छ ।  उक्त अस्पताल बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको थियो । चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तीपुरमा पनि अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्माका अनुसार लुम्बिनी प्रदेश सरकारबाट एक जना मेडिकल अधिकृत  र पालिकाबाट एक जना मेडिकल अधिकृतका साथै अन्य स्वास्थ्य चौकीबाट आन्तरिक कर्मचारी व्यवस्थापन गरेर अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पताल सञ्चालनका लागि पालिकाको स्रोत र साधनले सम्भव नहुने भएकाले प्रदेश र केन्द्रको नै मुख ताक्नुवाहेकको विकल्प नभएको शर्माले बताएका छन् । आधारभूत अस्पतालमा तीन जना एमबीबीएस डाक्टरसहित ३२ जनाको दरबन्दी रहेकाले पालिकाले सबै व्यवस्थापन गरेर सञ्चालनमा  ल्याउन सक्ने स्थिति नरहेको उनको भनाइ छ । उक्त अस्पताल कुल  १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपियाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले निर्माण सम्पन्न गरेको छ ।

छत्रकोटमा बल्ल बोलपत्रको तयारी

गुल्मीको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक श्यामसुन्दर पोखरेलका अनुसार  पहिले शिलान्यास भएको जग्गामा मापदण्ड नपुगेका कारण समस्या भएकाले पछि जग्गाको व्यवस्थापन गरी बोलपत्रको तयारी भएको छ ।  मालिका गाउँपालिकामा भने केही महिना पहिलेदेखि निर्माणको कार्य अगाडि बढेको छ भने अन्य स्थानीय तहमा निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल अलपत्र अवस्थामा रहेका छन् ।

अस्पतालको शिलान्यास गर्नका लागि तत्कालीन केन्द्रीय मन्त्रीदेखि प्रदेश सांसदहरूको होडबाजी चलेको थियो । एकै दिन एक नेताले तीन अस्पतालसम्मको शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?