Butwal Today

भैरहवाको अगरबत्ती उद्योगमा आगलागी, करोडौँको क्षति

१ कार्तिक २०८२, शनिबार
अ+
अ-

भैरहवा, १ कार्तिक ।

भैरहवास्थित भैयाटोलमा रहेको जय अम्बे अगरबत्ती तथा पूजा सामाग्री प्याकेजिङ्ग उद्योगमा भीषण आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

शनिबार बिहान करिब ५ बजे लागेको आगोको कारण भने खुल्न सकेको छैन । आगलागीका कारण उद्योगभित्र तिहारको लागि तयारी अवस्थामा राखिएको अगरबत्ती, धूप, तेल लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् ।

उद्योगका सञ्चालक श्रीराम गुप्ताका अनुसार आगलागीले गर्दा करोडौँ बढीको नोक्सानी भएको छ । यद्यपि, क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।

आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।