ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

मधुवन वनमा नयाँ नेतृत्व

३० आश्विन २०८२, बिहीबार
३० आश्विन २०८२, बिहीबार

जितपुर, ३० असोज ।

हेर्दा स्थानीय तहको निर्वाचनको भल्को दिने गरी मधुवन सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन भएको छ । इतिहासमै पहिलो पटक उक्त वनमा निर्वाचन भएको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ अन्तर्गत रहेको यस समूहको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेकपा (एमाले) र माओवादी केन्द्र बिचको संयुक्त गठबन्धनका उम्मेदवार दीपक सापकोटा विजयी भएका छन् ।

सापकोटाले ४०० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनी नेकपा (एमाले) का वडा कमिटी अध्यक्ष समेत हुन् । मंगलबार सम्पन्न निर्वाचनमा सापकोटाले आफ्ना प्रतिस्पर्धी अनिता थापा, सालिकराम भुसाल र गोविन्द पौडेललाई पराजित गर्दै समूहको अध्यक्षमा निर्वाचित भएका हुन् ।

एमालेकै विद्रोही समूहकी उम्मेदवार अनिता थापाले २३८ मत प्राप्त गरिन् । नेपाली काँग्रेसका सालिकराम भुसालले १४३ मत र जनमोर्चाका गोविन्द पौडेलले १७ मत प्राप्त गरे ।

विजयी भएपछि सापकोटाले वनको संरक्षण, सदुपयोग र पारदर्शी व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार अमर कँडेल निर्वाचित भएका छन् । उनले ४३४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका अर्जुन अर्याल (मधु) ले ३१५ मत प्राप्त गरे ।

सचिव पदमा चार जना बिच प्रतिस्पर्धा भएको थियो । जसमा २४७ मतका साथ देवकला सुनार विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी घनश्याम पौडेलले २४६ मत, रेखा मल्लले २०२ मत र कमलकुमार न्यौपानेले ८४ मत प्राप्त गरे ।

सह–सचिवमा गिरबहादुर केसी ५९३ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी तुल्सीसाराम पौडेलले २८२ मत पाए । खुला महिला सदस्यतर्फ सिता थापा र केसरा भण्डारी घिमिरे विजयी भए । उनीहरूले क्रमशः ३२२ र ३०९ मत प्राप्त गरे ।

प्रतिस्पर्धी माया विकले १४९ मत, सिता भारतीले २६६ मत र उमकला पुनले २२३ मत प्राप्त गरे । लेखा समिति संयोजकमा मोहन अधिकारी ४६१ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी विष्णु अर्यालले २९८ मत पाए ।

लेखा समिति सदस्यमा हिम्मत न्यौपाने ४९२ मत प्राप्त गरी निर्वाचित भए । मधुवन सामुदायिक वन उपभोक्ता समूहका कुल १,२६४ मतदातामध्ये ८६८ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?