Butwal Today

कात्तिक १ देखि इस्माले ३० जना कर्मचारी हटाउने

३० आश्विन २०८२, बिहीबार
अ+
अ-

समाचार सारांशमा 


  • गुल्मीको इस्मा गाउँपालिकाद्वारा ३० कर्मचारी हटाइने निर्णय ।

  • यो निर्णयबाट गाउँपालिकालाई वार्षिक करिब ९१ लाख रुपैयाँ खर्च घट्ने अनुमान ।

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ८ गतेको परिपत्रलाई  कार्यान्वयन गरेको बताएका छन् ।


गुल्मी, ३० असोज ।  

गुल्मीका इस्मा गाउँपालिकाले अस्थायी,  करार र दैनिक ज्यालादारी सेवामा कार्यरत ३० जना कर्मचारीहरूको नियुक्ति बदर गर्ने निर्णय गरेको छ ।

इस्मा गाउँपालिकाका सूचना अधिकारी नारायण महतका अनुसार नेपाल सरकार मन्त्री परिषद्को  असोज ५ गतेको निर्णय, अर्थ मन्त्रालयको ७ गते र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ८ गतेको परिपत्रलाई  कार्यान्वयन गरेको बताएका छन् ।

पालिकामा स्वीकृत दरबन्दी बाहेकका पालिकाले सिर्जना गरेका वाल विकास सहजकर्तादेखि अधिकृत स्तरका वास संयोजकसम्म गरी ३० जना  कर्मचारीहरूलाई असोज १२ गतेको कार्यपालिकाको निर्णयबाट हटाउने निर्णय गरेको महतले बताए ।

कात्तिक १ गतेदेखि उहाँहरूलाई हटाउने भएकाले वार्षिक करिब ९१ लाख रुपियाँ पालिकालाई भार कम हुने महतको भनाइ छ ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलका अनुसार नगरमा स्वीकृत दरवन्दीवाहेक नगरले दरबन्दी सिर्जना गरेका कर्मचारीहरू रहे पनि हाललाई हटाउने कुनै निर्णय नगरेको बताएका छन् ।

रेसुङ्गा नगरपालिकाले पनि हालसम्म कुनै निर्णय नगरेको र माथिल्लो तहको निर्णय र परिपत्रलाई कार्यान्वयन गर्ने  नगर प्रमुख खिलध्वज पन्थीले बताए ।