ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

कांग्रेस संस्थापन समूहको निष्कर्षः विशेष महाधिवेशनको औचित्य समाप्त

३० आश्विन २०८२, बिहीबार
३० आश्विन २०८२, बिहीबार

काठमाडौँ ।

सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तोकेपछि नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकालेको छ ।

कार्यवाहक सभापतिको जिम्मेवारी पाएको अर्को दिन पूर्णबहादुर खड्काले बोलाएको संस्थापन गुटको बैठकमा नेताहरूले सभापतिले कार्यवाहक तोकिसकेपछि विशेष महाधिवेशनको औचित्य सकिएको निष्कर्ष निकालेका हुन् ।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा बसेको बैठकमा सभापति देउवाले कार्यवाहकको जिम्मेवारी दिँदा नियमित महाधिवेशन निर्धारित मितिमा गर्न भनेका थिए । त्यसअनुरुप कार्यवाहक सभापति र पदाधिकारीले बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका माग गर्ने धारणा राखेका हुन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यले कार्यतालिकासँगै महाधिवेशन गर्ने आधार पनि माग्ने धारणा नेताहरूले राखेको जानकारी दिए ।

१४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले अहिलेसम्म गुटगत बैठक राखेका थिएनन् । खड्काले कार्यवाहक पाएको अर्को दिन राखेको बैठकमा पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला सहभागी थिए ।

वर्तमान सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय ‘डिना’ र उमाकान्त चौधरीसहित बहुमत केन्द्रीय सदस्यहरू सहभागी बैठकमा नेताहरूले कार्यवाहक सभापति खड्कालाई बिहीबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिकासहित मिति तोक्न सुझाएका थिए ।

बैठकको सुरुवात गर्दै खड्काले पछिल्लो परिस्थितिबारे ब्रिफिङ गर्दै कसरी अगाडि बढ्ने भन्नेबारे सुझाव मागेका थिए ।

बैठकमा सहभागी एक सदस्यका अनुसार सभापति देउवामाथि भएको हमलाको छानबिन गर्नुपर्ने, पार्टीभित्र बेमेलको अन्त्य, जेनजी आन्दोलन हुनुपर्ने अवस्था कसरी आयो भन्ने छानबिन गर्नुपर्नेलगायत धारणा राखेका छन् ।

बैठकमा सहमहामन्त्री उपाध्यायले जेनजी आन्दोलनका विषयमा राज्य संयन्त्रमा पार्टीका तर्फबाट बसेकाहरूले सभापति देउवालाई गलत सूचना दिएको भन्दै असन्तुष्टि जनाएकी एक सदस्यले बताए । भदौ २२ गते साँझ देउवालाई जेनजी आन्दोलनमा तीन/चार सय मात्रै सहभागी हुने भनेर गलत सूचना दिइएको उनले बताएकी थिइन् । र सभापतिलाई त गलत सूचना दिनेले अरूलाई कसरी राज्य संयन्त्रले सही सूचना दिन्छ भन्ने प्रश्न उनले उठाएपछि नेताहरू मुखामुख गरेका पनि ती सदस्यले बताए ।

धेरैजसो नेताहरूले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएका नेताहरूले पार्टीमा सही सूचना नदिएको भन्दै आपत्ति जनाएका थिए ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेपछि त्यसको कसरी प्रतिवाद गर्ने रणनीति तय गर्न खड्काले बैठक बोलाएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?