© २०२३
अर्घाखाँची, २९ असाज ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. १ चिदिकामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुबै चालकको मृत्यु भएको छ । दुर्घटनामा पछाडि सवार दुई जना गम्भीर घाइते भएका छन् ।
असोज २९ गते साँझ करिब ५ः२० बजे छत्रदेव गाउँपालिका–१ सौरेखोला नजिकमा भएको दुर्घटनामा पाणिनि–५ का २१ वर्षिय तारा बेल्बासे र छत्रकोट–६ का ३५ वर्षीय सुमन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । लु ५८ प ७९७८ र लु ३३ प ६५४४ नं. का बाईक एकआपसमा ठोक्किएका हुन् ।
मोटरसाईकलको पछाडि सवार रहेका पाणिनि–५ का वर्ष १८ का दिपा बेल्बासे र छत्रकोट–६ का ४४ वर्षीय सुरज सुनार घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।