© २०२३
बुटवल, २६ असोज ।
वैवाहिक जीवनमा खुसी रहन यौन जीवनको महत्वपूर्ण भूमिका हुन्छ । तर उमेर बढ्दै जाँदा, शरीरमा हुने प्राकृतिक परिवर्तनले महिलाको यौन जीवनमा असर पार्न सक्छ । यसक्रममा कतिपय महिलामा यौन इच्छा कम हुने समस्या देखा पर्न सक्छ, जसलाई चिकित्सकीय रूपमा ‘फिमेल सेक्सुअल अराउजल डिसअर्डर’ (Female Sexual Arousal Disorder) भनिन्छ ।
यो समस्या हुँदा महिलामा यौन उत्तेजना कम हुने, यौन क्रियाकलाप पीडादायी हुने र कामोत्तेजनामा कमी देखिने गर्दछ । विशेषज्ञका अनुसार यो महिलामा देखिने यो एक प्रकारको यौन समस्या हो । यस विषयमा चिकित्सक र विज्ञहरूले विभिन्न शारीरिक, मानसिक र सामाजिक कारणहरू औँल्याएका छन् । आउनुहोस् जानौँ कारण र समस्या समाधानका उपायहरु :
मुख्य कारणहरू
हर्मोनल असन्तुलन – रजोनिवृत्ति, गर्भावस्था, गर्भनिरोधक चक्कीको बढी सेवनले एस्ट्रोजेन र टेस्टोस्टेरोनको स्तरमा असर पुर्याउँछ ।
योनी सुक्खापन – प्राकृतिक लुब्रिकेशन घट्दा यौन सम्पर्क पीडादायी हुन सक्छ । लुब्रिकेन्टको प्रयोगले यसलाई सुधार्न सकिन्छ ।
औषधिको असर – उच्च रक्तचाप, डिप्रेसन, क्यान्सर वा एन्जाइटीको औषधिले यौन स्वास्थ्य प्रभावित गर्न सक्छ ।
मानसिक तनाव र सम्बन्धको समस्या – तनाव, डिप्रेसन, आत्मविश्वासको कमी र पार्टनरसँगको भावनात्मक दूरीले यौन इच्छा घटाउँछ ।
समाधानका उपाय
चिकित्सक परामर्श – हार्मोन स्तर जाँच गरी आवश्यक भएमा हर्मोन थेरापी ।
मनोचिकित्सकको सल्लाह – तनाव, चिन्ता र मानसिक असन्तुलन कम गर्ने ।
यौन चिकित्सकको परामर्श – यौन उत्तेजना बढाउने सुरक्षित उपाय अपनाउने ।
लुब्रिकेन्टको प्रयोग – योनी सुक्खापन र पीडालाई कम गर्न मद्यत गर्दछ ।
सुरक्षित जीवनशैली – पर्याप्त निद्रा, स्वस्थ आहार, व्यायाम र मानसिक स्वास्थ्यको ख्याल गर्ने ।
बजारमा उपलब्ध यौन उत्तेजक औषधि विना चिकित्सकको सल्लाह लिनु जोखिमपूर्ण हुने विशेषज्ञहरु बताउँछन् । त्यसैले अनुभवी चिकित्सकको सल्लाहमा मात्र कुनै ठोस कदम चाल्नु उपयुक्त हुन्छ ।
यो समस्या सामान्य भए पनि समयमै सचेत भइ समाधान खोज्दा व्यक्तिगत जीवन र दम्पती जीवन दुवैमा सकारात्मक प्रभाव पर्छ ।