© २०२३
काठमाडौं, २६ असोज ।
पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् ।
विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादर महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो ।
महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।
त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।
यसअघि नै अनुसन्धानको दायरामा तानिएका पूर्वसभामुख महराविरुद्ध सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल अघि बढेको थिएन ।
