© २०२३
काठमाडौं ।
ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले जापानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा जापानविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
उक्त खेलमा नेपालले कुवेतसँगको प्लेइङ-११ मा कुनै परिवर्तन गरेको छैन । प्लेइङ-११ रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, ललित राजवंशी र सोमपाल कामी ।