ट्रेंडिंग:

>> रक्तदाता संघको संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न >> रन-वेको लाइट बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, उडान अस्तव्यस्त >> सिद्धार्थ कटेज रेष्टुरेन्टमा ब्राह्मण भोजन >> रुपन्देही उद्योग संघको ४७ औं साधारण सभा : निर्वाचित समितिलाई पदस्थापन >> जुकाको औषधी घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु >> विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा >> औद्योगिक–व्यापारिक क्षेत्रमा गरेको आक्रमण अस्वीकार्य छ : प्रधानमन्त्री कार्की >> विश्व साइकल यात्री “निरञ्जन” कतारमा सम्मानित >> लसुनबाट प्रशस्त आम्दानी गर्दै किसान  >> खस्यौलीलाई द बुद्ध फुटसल कपको उपाधि >> प्रधानमन्त्रीलाई व्यवसायीले भने- तोडफोड र लुटपाटमा संलग्नमाथि कडा कारबाही होस् >> एम्बुलेन्स चालकहरूले गरे रक्तदान >> शेयर सदस्य वृद्धि गर्ने नौलोको योजना >> आलमको निधनप्रति शोक मनाउँदै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २ दिन पछि सारियो >> हुलाकी सडकका दुई खण्ड अलपत्र >> रामग्राम स्तुपामा नगरपालिका र परियोजना प्रतिनिधि बिच छलफल  >> अपाङ्गता भएकालाई शिवराजको सहायक सामग्री >> अँध्यारो उज्यालो >> १० करोड बढी राजस्व गुमाएपछि निकासीको गृहकार्यमा सुनवल >> महिलाहरुको आम्दानी बन्दै हस्तकलाको सामग्री >> हङकङ सिक्सेसमा नेपाल ४ विकेटले दक्षिण अफ्रिकासँग पराजित >> देउसी–भैलोले बनायो सल्यानमा यात्रु प्रतीक्षालय >> सडक मापदण्डभित्रका घर टहरा हटाउने तयारी >> आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना >> मोहम्मद अफताब आलमको मृत्यु >> ओ ! जङ्गल >> १६औँ कपिलवस्तु महोत्सवको तयारी तीव्र >> राप्ती स्वास्थ्य प्रतिष्ठानको सेवालाई सुदृढ र थप गर्ने निर्णय  >> सामसङले नेपाली बजारमा ल्यायो ग्यालेक्सी ट्याब एस-११ >> एनपीएल सिजन २ः युनाइटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल ! >> निर्वाचनमा भाग लिन मतदातालाई प्रधानमन्त्रीको आग्रह >> नबोल्ने बच्चालाई बोल्ने बनाउने ‘जोगीपानी कुवा’ >> शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न >> दाङमा  स्कुलस्तरीय चौथो हप्किडो प्रतियोगिता हुँदै  >> पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु >> १२५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता >> माओवादी केन्द्रको नाम, झन्डा र चुनाव चिन्ह यथावत् राख्न आयोगमा निवेदन दर्ता >> काँग्रेस बैठकमा मङ्सिर २४ का लागि विशेष महाधिवेशनको प्रस्ताव पेस >> सङ्घ र प्रदेशका पदाधिकारीहरू भन्छन् : कर्मचारी कटौती संसद्को अवहेलना हो >> ओलीको तिखो प्रश्न : त्यसवेला सुकरात त भागेन, आजको केपी ओली भाग्छ ? >> रवि लामिछानेविरुद्ध प्रतिशोधको प्रमाणस्वरूप रास्वपाद्वारा ६ तथ्य सार्वजनिक >> निर्वाचन नगरी संविधान कार्यान्वयन सम्भव छैन – रास्वपा >> कुलमान लक्षित रास्वपाको टिप्पणी- पार्टी कब्जा गर्ने नियतको खुला प्रतिवाद गर्छौैं >> एमसीसी परियोजनामा संलग्न कम्पनीलाई सरकारले १ वर्षको आयकर छुट दिने >> चालू आवको पहिलो त्रैमासमा बैंकहरूको नाफा खस्किँदा ग्लोबल आईएमई अग्रपंक्तिमा >> नेपाली क्रिकेट टोली स्वदेश फर्कियो >> राहुल गान्धीको दाबी: जेनजीलाई देखाउनेछौँ, मोदी ‘भोट चोरी’ गरेर प्रधानमन्त्री बने >> सर्वोच्च अदालत मङ्सिर १ देखि पूर्णरूपमा सञ्चालनमा आउने >> सावधान ! लिंकमा क्लिक गरेपछि बैंकबाट रकम गायब, ३ ठग पक्राउ >> विप्लव, शर्मा र भुसालबीच राजनीतिक सहकार्य गर्ने सहमति

मानसिक स्वास्थ्य सचेतना जगाउन साइक्लिङ

२४ आश्विन २०८२, शुक्रबार
२४ आश्विन २०८२, शुक्रबार

बुटवल, २४ असोज ।

विश्व मानसिक स्वस्थ्य दिवसको अवसरमा लायन्स इन्टरनेशनल ३२५ पी नेपालको सप्ताहव्यापी कार्यक्रम लायन्स क्लब बटौलीले सचेतनामुलक साइकल र्याली तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

“सेवामा पहुँच — विपद् र आपतकालीन अवस्थाहरूमा मानसिक स्वास्थ्य”, मानसिक स्वास्थ्यः हाम्रो अधिकार, हाम्रो जिम्मेवारी !, मानसिक सशक्तिकरणबाट समाजलाई बलियो बनाऔं !, “मानसिक स्वास्थ्य आपतकालीन परिस्थितिमा” लगायतका मानसिक स्वास्थ्यका सन्देशसहित प्लेकार्ड प्रदर्शन गर्दै साइकल र्याली बुटवल योगीकुटीबाट सुरु भएर कालिकापथ हुदै देविनगर, मोतीपुर, रानीगंज, हिरापुर, सौ फर्साटिकर, पोखराबारी, शान्तिचोक हुँदै योगीकुटीमा पुगेर समापन भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लायन्स डिष्ट्रिकमार्फत सात दिनदेखि निरन्तर सचेतना, शिक्षा, लक्षित वर्गलाई सहयोग गर्ने जस्ता कार्यक्रम गर्दै आएको बताए । आम जनसमुदायमा मानसिक स्वास्थ्यको बारेमा सचेतना जगाउने नया र रचनात्मक ढंगको कार्यक्रम भएको उनले बताए ।

कार्यक्रममा नेपाल मनोरोग चिकित्सक संघ केन्द्रीय महासचिव मनोज ढुंगानाले विश्वमा नै राजनीतिक, भुक्षय, युद्ध, बाढीपहिरो जस्ता कारणबाट मानसिक समस्यबाट गुज्रिरहेको बताए । ‘यस्तो अवस्थामा मानिसहरुमा डर, भय र चिन्ता देखिनु स्वभाविक हो ।’–उनले भने । उनीहरुमा मनोसामाजिक सहयोग गर्न सके दीर्घकालीन समयमा मानसिक समस्याहरु, मानसिक रोगहरु आउनबाट रोक्न सकिने बताए । स्वास्थ्य ब्यक्ति हुन सकेमात्र स्वास्थ्य समाजको कल्पना गर्न सकिने उनले बताए ।

यसैबिच सौ फर्साटिकर बजारमा भएको अभिमुखिकरण कार्यक्रमको प्रथम भिडिजि सन्दिप कशौधनले समयावधिलाई ध्यानमा राखेर साइकलमार्फत सन्देश दिने गरी महत्वपूर्ण कार्यक्रम भएको बताए । ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी अभिमुखिकरण कार्यक्रम गरी विशेषज्ञ चिकित्सकबाट मनोविज्ञान, एन्जायटी र ओभरथिंकिङजस्ता समस्याबाट हटाउने उपायहरु ज्ञान दिने प्रभावकारी कार्यक्रम भएको बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष विष्णु प्रसाद गौतमले मानसिक स्वास्थ्य जस्तो संवेदनशील विषयमा जनचेतना फैलाउने उदेश्यका साथ कार्यक्रम गरेको बताए । शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यमा पनि समाजले ध्यान दिन जरुरी रहेको हुँदा मानसिक समस्याबारे खुलेर कुरा गर्न सक्ने वातावरण बनाउनु आजको आवश्यकता भएको बताए ।
उनले साईकल ¥याली तथा अभिमुखिकरण जस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता जनाए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक जोन २४ का चेयरपर्सन लोक प्रसाद भण्डारी, एलसी बटौलीका संस्थापक अध्यक्ष बिनित भट्टराई, कार्यक्रम संयोजक स्वस्तिक श्रेष्ठले समुदायस्तरमा मानसिक स्वास्थ्यप्रति जागरण ल्याउने र सहयोगात्मक वातावरण निर्माण आजको आवश्यकता भएको बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?