Butwal Today

खेतमा पाक्न सुरु ग¥यो धान स्याहार्नु अगाडि ‘मौसम जाँच्नुस्’

१९ आश्विन २०८२, आइतबार
अ+
अ-
बुटवल, २० असोज  ।
देशभर सक्रिय रहेको मौसमको असर यो वर्ष लुम्बिनी प्रदेशमा देखिएन । खास गरी धान खेतमा पाकेर पहेँल पुर भएको अवस्थामा भारी मात्रामा वर्षा भएको भए अघिल्लो वर्षमा जस्तै किसानले ठुलो क्षति भोग्नुपर्ने अवस्था थियो ।
तर यो वर्ष पूर्व र मध्य तराईमा भारी वर्षाको असर देखिए पनि लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा भौतिक रूपमा बालीनालीमा कुनै असर नपरेको लुम्बिनी प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेशमा हाल करिब ३ लाख हेक्टरमा धान खेती भएको छ । विगतका वर्षहरूमा दसैँको आसपासमा किसानले आफ्नो बाली काटेर चाडपर्व मनाउने गरेका थिए जसबाट दसैँ आसपासका अवस्थामा भारी मात्रामा बेमौसमी वर्षाको कारण कारण समस्यामा काटेको धान वर्षाको कारण ठुलो क्षति भोग्नुपरेको थियो । तर यो वर्ष भने हाल सम्म कुनै समस्या नरहेको जनाइएको छ ।
लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता वरिष्ठ कृषि अर्थ विज्ञ हरि प्रसाद पण्डितका अनुसार यो वर्ष लुम्बिनी प्रदेशमा वर्षाको कारण कुनै समस्या नभएको बताए । उनले भने–‘यो वर्ष केही समय पहिला धान रोप्ने बेलामा केही समस्या आएको थियो तर बाली भित्र्याउने क्रममा भने कुनै समस्या रहेको छैन ।’
अहिले सम्मको अवस्थामा कुनै समस्या छैन, पाकी सकेको धान काटेर खेतमा राख्दा केही समयमा चर्को घाम नलाग्ने कारणले धान मक्किन सक्ने सम्भावना रहन्छ, प्राविधिकको सल्लाह अनुसार मात्रै धान भित्र्याउनको लागि अनुरोध गरिएको छ ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा २ लाख ९९ हजार ३४८ हेक्टरमा धान खेती गर्दा १२ लाख ९६ हजार ८९३ दशमलव ४ मेट्रिक टन उत्पादन भएको छ । अघिल्लो वर्ष आर्थिक वर्ष २०७९–८०मा ३ लाख ७ हजार हेक्टरमा धान खेती गर्दा १२ लाख १४५३ दशमलव ९ मेट्रिक टन उत्पादन भएको थियो ।
लुम्बिनी प्रदेशकाको तराईको जिल्लामा नवलपरासीमा १९ हजार ८८५ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा ९१ हजार ४७१ मेट्रिक टन धान उत्पादन भएको थियो ।
रुपन्देहीमा ६० हजार ३२२ हेक्टरमा २ लाख ७८ हजार ८४ मेट्रिक टन उत्पादन भएको छ।कपिलवस्तु जिल्लामा ६५ हजार ८६६ हेक्टरमा २ लाख ७६ हजार ६३७ मेट्रिक टन धान उत्पादन भएको छ ।
यस्तै पाल्पा जिल्लामा ७ हजार ३७९ हेक्टरमा ३३ हजार ६१९ मेट्रिक धान उत्पादन भएको थियो । गुल्मी जिल्लामा ७ हजार १२० हेक्टर क्षेत्रफलमा २३ हजार १४० मेट्रिक टन धान उत्पादन भएको छ । अर्घाखाँची जिल्लामा ६ हजार ९८२ हेक्टरमा धान खेती गर्दा २५ हजार २०५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
रोल्पा जिल्लामा ४हजार ५४५ हेक्टर क्षेत्रफलमा १२ हजार ९९३ मेट्रिक टन धान उत्पादन भएको छ । दाङ जिल्लामा ३५ हजार १८४ हेक्टर क्षेत्रफलमा १ लाख ५८ हजार ३२८ मेट्रिक टन धान उत्पादन भएको छ । बाँके जिल्लामा ३४ हजार ६७५ हेक्टरमा धान खेती गर्दा १ लाख ४५ हजार ६३५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
प्युठान जिल्लामा ६ हजार ४६० हेक्टरमा धान खेती गर्दा२३ हजार ७७२ मेट्रिक टन धान उत्पादन भएको छ । रुकुम पूर्व जिल्लामा ८ सय २० हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २ हजार ५५८ मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस्तै बर्दिया जिल्लामा ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती गर्दा २ लाख २५ हजार ४५० मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष धान अझै काटिसकेको कारण धान उत्पादनमा हृास आउने सम्भावना कम रहेको छ । यद्यपि काटिसकेको धान पूर्ण रूपमा घाम नलागे सम्म काटेमा खेतमा नै धान सड्ने वा मक्किने सम्भावना भने रहन्छ ।
कृष्ण विकास निर्देशनालय बुटवलका वरिष्ठ कृषि प्रसाद अधिकृत विवेक पन्तका अनुसार किसानले धान काट्नको लागि केही दिन कुरेर मात्रै धान काट्नुपर्ने बताए । उनले किसान अझै धान हरियो नै रहेको कारण आत्ती हाल्ने अवस्था भने रहेको बताए ।