ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
सन्दर्भ: विश्व पर्यटन दिवस 

बेलहिया नाकाबाट नेपाल आए ५८ देशका पर्यटक

११ आश्विन २०८२, शनिबार
११ आश्विन २०८२, शनिबार

भैरहवा, ११ असोज ।

स्थल मार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्र्याउने रुपन्देहीको बेलहिया नाकामा चालु अङ्ग्रेजी वर्षको सेप्टेम्बर २५ तारिख सम्म ५८ देशका ६३ हजार ७ सय ९३ जना नेपाल प्रवेश गरेका छन् ।

सेप्टेम्बर महिनामा मात्र १ हजार ४ सय ४२ जना पुरुष र १ हजार १ सय १७ जना महिला गरी ४ हजार ५ सय ५९ जना नेपाल प्रवेश गरेका छन् भने १ हजार ४ सय २ जना पुरुष तथा ३ हजार १ सय महिला गरी ४ हजार ५ सय ६ जना पर्यटक नेपालबाट बाहिरिएको तथ्याङ्कले देखाएको छ ।

अध्यागमन कार्यालय बेलहियाका अध्यागमन अधिकृत वासुराम पौडेलका अनुसार अहिलेको सिजनमा सबैभन्दा बढी श्रीलङ्का र भियतनामका पर्यटकहरूको बढी आगमन देखिन्छ भने माघ र फागुन तिर कोरियन पर्यटकको आगमन हुने गरेको छ ।

सेप्टेम्बर महिनामा जेनजी आन्दोलन न्यून रूपमा मात्र पर्यटन आगमनमा असर पारेको छ । गत वर्षको सेप्टेम्बर महिनाको २५ तारिख सम्म ५ हजार ६ सय ३ जना पर्यटकको आगमन भएकोमा यस वर्ष सोही अवधिमा ४ हजार ५ सय ५९ जना पर्यटकको आगमन देखिएको पौडेलले बताए ।

आन्दोलनको क्रममा नेपाली अध्यागमन कार्यालय बन्द नगरिए पनि सुरक्षाको कारण भारतबाट पर्यटकहरू फर्केको कारण सङ्ख्या थोरै कम देखिएको उनको भनाइ छ ।  देश अनुसार तथ्याङ्क केलाउँदा सबैभन्दा बढी पर्यटक श्रीलङ्काबाट आउने गरेको देखिन्छ ।

सन् २०२४ मा सबैभन्दा बढी पर्यटक श्रीलङ्काबाट २६ हजार ५ सय ७७ जना, थाइल्याण्डबाट २१ हजार ३ सय ९७ जना, म्यानमारबाट ११ हजार ४सय २२ जना, भियतनामबाट ७ हजार ४ सय ८४ जना र दक्षिण कोरियाबाट ३ हजार ८ सय ४ जना नेपाल प्रवेश गरेका थिए ।

यसै गरी सन् २०२५ को अगस्त महिना सम्ममा पनि श्रीलङ्काली पर्यटक नै बढी देखिएका छन् । अध्यागमन कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार श्रीलङ्काका १९ हजार ८ सय ३५ जना, थाइल्याण्डका १२ हजार ३ सय ४५ जना, म्यानमारका ९ हजार २ सय ७८ जना, भियतनामबाट ४ हजार १ सय ८८ र दक्षिण कोरियाबाट २ हजार २४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

कोभिडको कारण सुस्त भएको नेपालमा पर्यटक आगमनको क्रम कोभिड यता केही सुधारोन्मुख देखिए पनि पहिलाको अवस्थामा अझै आउन सकेको छैन ।

अध्यागमन कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन २०१८ मा १ लाख ६६ हजार २ सय ३५ जना पर्यटकको आगमन तथा १ लाख ५६ हजार ५ सय ६३ जनाको प्रस्थान भएको थियो भने २०१९ मा १ लाख ६१ हजार ६ सय ९१ जनाको आगमन र १ लाख ५० हजार ५ सय ३७ जनाको प्रस्थान भएको थियो ।

सन २०२० मा कोभिडको कारण नेपाल आउने पर्यटकको सङ्ख्या घटेर आगमन तर्फ ४३ हजार ३ सय ६७ जना र प्रस्थान ४० हजार ६९ जना पुगेको थियो । सन २०२१ मा यो सङ्ख्या अझै घट्यो आगमन ८ सय १२ जना तथा प्रस्थान २ सय १९ जना मात्रै रहेको अध्यागमन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

त्यसपछि भने हालसम्म बिस्तारै पर्यटकको ग्राफ उकालो लाग्दै गए पनि पहिलाकै अवस्थामा फर्कन अझै धेरै समय लाग्ने देखिन्छ । सन् २०२२ मा पर्यटकको आगमन २० हजार २ सय २० जना र प्रस्थान १८ हजार ९ सय ४४ जना पुगेको थियो भने सन २०२३ मा ८१ हजार ५ सय ५१ जना आगमन तथा ७८ हजार ४सय २३ जना बेलहिया नाका हुँदै प्रस्थान गरेका थिए ।

सन् २०२४ मा यो सङ्ख्या अझै बढेर आगमनतर्फ ९२ हजार ६ सय ४४ जना र प्रस्थानतर्फ ९३ हजार २ सय ९० पुगेको छ । अध्यागमन अधिकृत वासुदेव पौडेलले पछिल्लो समय अध्यागमन कार्यालय आफ्नै नयाँ भवनमा सरेपछि सेवा प्रवाहमा निकै सहजता आएको बताए ।

उनले अहिले पर्यटकहरूको लागि प्रतीक्षालय, शौचालय लगायत न्यूनतम आवश्यकता सम्बन्धी पूर्वाधार पुरा भए पनि जनशक्तिको अभाव भने रहिरहेको बताए । १२ जना जनशक्ति रहेको कार्यालयमा ५ जनाले सेवा दिइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?