ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

‘बेखर्चीलाई’ नागरिक सहायता 

७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

बुटवल, ०७ असोज ।

तपाईँ दसैँको यात्रा गर्दै हुनुहुन्छ, परदेशबाट घर देशको यात्रा पो तय गर्दै हुनुहुन्छ, तर बुटवल लगायतका आसपासमा आउँदा यात्रा गर्ने रकम सकियो, गन्तव्यसम्म जानको लागि समेत आर्थिक अभाव भयो भने बुटवलमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ ।

बेखर्चीलाई बाटा खर्चको समेत व्यवस्था गर्ने गरी बुटवलमा घटस्थापनाको दिनदेखि नै नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।  बुटवल नयाँ बसपार्कमा स्थापना गरिएको नागरिक सहायता कक्षमा स्थानीय यात्रुहरूको लागि समस्यामा परेका यात्रुहरूले सम्पर्क गर्ने छन् ।

जसमा प्रहरी प्रशासन र व्यवसायीहरू समेत बस्ने छन् । जसबाट कुनै समयमा यात्रुको गन्तव्य समस्यादेखि लिएर अग्रिम टिकट बुकिङ गरेका यात्रुहरूको समेत समाधान गरिने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताउँछन् । उनका अनुसार बेखर्चीहरूलाई बाटा खर्च समेत दिने गरी तयारी गरिएको हो ।

अध्यक्ष खरेल भन्छन्–‘हाम्रो सानो सहयोगले यात्रुको यात्रा सहज हुन्छ भने यसमा किन सहयोग नगर्ने भन्ने विषयमा हामी सोँचबिचार गरेका छौँ ।’ बुटवल लगायतका स्थानमा रहेका पश्चिम नेपाल बस व्यवसायीहरूको बस सञ्चालन रहेका स्थानका समेत यात्रुलाई गन्तव्यमा पु¥याउनको लागि सहज दायित्व समेत निर्वाह गरिने अध्यक्ष खरेलले जानकारी दिए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालि नेपालमा सबैभन्दा बढी व्यवसायीहरू आबद्ध भएको संस्था समेत हो । बुटवल देखि देशभर र देशका विभिन्न स्थानबाट बुटवल लगायत पहाडी क्षेत्रमा समेत नियमित रूपमा बस, माइक्रो र हायस लगायतका गाडीहरू सञ्चालन हुँदै आएका छन् ।

टिकट अग्रिम बुकिङ 
पश्चिम नेपाल बस व्यवसायी प्रालि सहित बुटवल यातायात लगायतले बुटवल देखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरू तराई र पहाडी जिल्लाको लागि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । घटस्थापना दिन भन्दा पहिलादेखि नै बुकिङ खुल्ला गरिएको र जसको लागि बुटवल बसपार्कमा आएर यात्रुले साविक भाडदारमा नै टिकट काट्नको लागि यातायात व्यवसायी सङ्घ संस्थाहरूले आग्रह गरेका छन् ।

यात्रु गन्तव्यमा जाँदा दोहोरो टिकट पर्ने, एउटा सिटमा दुई वटा टिकट काट्ने समस्या विगतका दिनमा हुने गरेको जनगुनासो आएपछि यो वर्ष भने अधिकतम सचेतना अपनाइएको र यात्रुको सङ्ख्या बढी भएको स्थानमा थप गाडीको व्यवस्थापन गरी सञ्चालन गरिने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताउँछन् ।

उनका अनुसार प्रालिले एक तर्फी रूपमा यात्रुको लागि सेवा दिन लागेका गाडीलाई तेल खर्च बापत दिएर सोही अनुसारको गाडी सञ्चालन गरिने विगतको परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख मित्रबन्दु शर्माले यात्रुको सेवा नै सबैभन्दा ठुलो सेवा भएको भन्दै सोही अनुसारको सेवा प्रवाहमा विशेष जोड दिइएको जानकारी दिए ।

उनका अनुसार चाडपर्वमा विभिन्न सम्भावित जोखिम न्यूनीकरणको लागि प्रदेशका सबै जिल्ला र मातहतका निकायमा नियमित रूपमा ब्रिफिङ र सहजीकरण गरिँदै आएको जानकारी दिए । यात्रुको सेवामा सबै जना लाग्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै प्रमुख पोखरेलले सोही अनुसार सबै क्षेत्रमा सहजीकरण गरिएको बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख इन्द्र बहादुर रानाले चाडपर्वमा हुने सम्भावित चोरी, डकैती, झैँ झगडा लगायतका विषयमा जानकारी प्राप्त हुँदा साथ प्रहरीमा खबर गर्न आग्रह गर्दछन् ।

चाडपर्वमा सम्भावित जोखिम न्यूनीकरणको स्वयं जनतानै सचेत भएमा जोखिम न्यूनीकरण हुन सक्ने भन्दै उनले भड्किलो पहिरन, गरगहना भन्दा पनि सादा जीवनयापन गर्न र केही थप अप्रिय समस्या भएमा प्रहरीलाई खबर गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?