© २०२३
गुल्मी २९ भदौ ।
गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिनेको संख्या बढी देखिएको छ । गत आइतबारदेखी शुक्रबारसम्म एक हप्ताको अवधिमा ७८ जनाले नयाँ नागरिकता बनाउँदा ९६ जनाले प्रतिलिपि बनाएका छन् ।
गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक हप्तामा नयाँ भन्दा प्रतिलिपि नागरिकता लिने बढी रहेको बताए । नागरिकतालाई माया नगर्ने, जथाभावी फाल्ने र पहिले भएका गल्तीहरु सच्याउने गर्दा पनि प्रतिलिपि लिनेको संख्या बढी भएको हो । यसका साथै राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकतामा भएका गल्तीहरु देखिने भएकाले पनि प्रतिलिपि लिनेको संख्या बढेको गैरेले बताए ।
सोही समय अवधिमा नावलक परिचयपत्र आठ, राहदानीका लागि आवेदन सङकलन ६८ , राहदानी वितरण एक सय , राष्ट्रिय परिचयपत्रका लागि आवेदन ७०२, परिचयपत्र वितरण १८६ र २५ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको छ । सोही समयमा पाँच संस्था नविकरण भएको प्रशासनले जनाएको छ ।
यस समय अवधिमा राहदानीबाट पाँच लाख ३७ हजार पाँच सय, संस्था नविकरणबाट २८ हजार पाँच सय,राष्ट्रिय परिचयपत्रबाट चार हजार रुपैयाँ गरी कुल पाँच लाख ७० हजार राजस्व संकलन भएको छ ।