Butwal Today

प्रधानमन्त्री कार्कीको शपथमा पूर्वप्रधानमन्त्रीमध्ये भट्टराई मात्रै सहभागी

२८ भाद्र २०८२, शनिबार
अ+
अ-

 काठमाडौं, २८ भदौ ।

प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये बाबुराम भट्टराई मात्र सहभागी भए । अन्य कुनै पूर्वप्रधानमन्त्री समारोहमा उपस्थित भएनन् ।

विगतमा यस्ता समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरू उपस्थित हुने प्रचलन थियो ।  निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा आफ्नो उत्तराधिकारीलाई औपचारिक रूपमा कुर्सी हस्तान्तरण गर्ने परम्परा पनि रहँदै आएको थियो । तर, यसपटक त्यो प्रक्रिया नभएको देखियो ।

राजनीतिक दलका प्रमुख नेताहरू पनि समारोहमा सहभागी भएनन् । यद्यपि, रास्वपा नेतृ सुमना श्रेष्ठ भने उपस्थित थिइन् । उनले जेनजि युवाहरूसँगै प्रधानमन्त्री कार्कीसँग हात उठाएर खुसीयाली साटेकी थिइन् ।

त्यस्तै, सुमना श्रेष्ठ र प्रधानमन्त्री कार्कीले अँगालो मारेर बधाई आदान प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?