ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

रुपन्देहीबाट ६ जना विदेशी सहित ७ कैदी पक्राउ 

२७ भाद्र २०८२, शुक्रबार
२७ भाद्र २०८२, शुक्रबार

भैरहवा, २७ भदौ ।

नेपालमा जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका ७ जना कैदी बन्दीहरूलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, प्रदर्शनकारीले कारागारहरूमा तोडफोड र आगजनी गरेपछि भागेका कैदी बन्दीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी युनिटहरूले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन, नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीहरू रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार चितवन कारागारबाट भागेका भारतको हरियाणाका सवारी अङ्गभङ्ग मुद्दाका कैदी २४ वर्षीय अब्बास खान, भारतको उत्तर प्रदेशका लागु औषध मुद्दाका कैदी ४८ वर्षीय अनिल गिरी, भारतको उत्तर प्रदेशका लागु औषध मुद्दाका कैदी ४१ वर्षीय राजपाल सिंह र भारतको उत्तर प्रदेशका सवारी ज्यान मुद्दाका कैदी ३८ वर्षीय मोनु कश्यप रहेका छन् ।

यी चारै जनालाई भारतीय एसएसबीले भारत पस्ने क्रममा पक्राउ गरेको थियो । यसै गरि नवलपरासी कारागारबाट भागेका रुपन्देहीको सैनामैना नगरपालिकाकी बहुविवाह मुद्दाकी कैदी ५२ वर्षीया करिश्मा राना, केन्द्रीय कारागार काठमाडौँबाट भागेका तान्जानियाका कोकिन मुद्दाका कैदी ५३ वर्षीय रामधनी सिम्बा मुवम्बाइ र तान्जानियाकै कोकिन मुद्दाका कैदी ४७ वर्षीय त्वालिब किपेभु पाशुआ रहेको कार्कीले जानकारी दिए ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको कार्कीले बताउनुभयो । आन्दोलनको क्रममा कारागारबाट फरार भएका कैदी नेपाल र भारतको सीमा हुदै भारतमा भाग्न सक्ने भएको हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमामा कडा निगरानी गरिरहेको छ ।

मुख्य नाकामा मात्र नभई भारत पस्न सक्ने सम्भावित स–साना नाकामा पनि निगरानी बढाइएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । यस बाहेक भारतीय पक्षलाई पनि यस विषयमा सहयोगको लागि आग्रह गरिएको यनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?