© २०२३
भैरहवा, २६ भदौ ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान ७ बजे देखि ९ बजे सम्मलाई कर्फ्यु खुलाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा।टोकराज पाण्डेले सूचना जारी गरि बिहान ९ बजे सम्मलाई कर्फ्यु खुलाएको जनाएका छन् । बिहान ९ बजे पछि साँझ ७ बजे सम्म फेरि कर्फ्यु यथावत् रहने सूचनामा उल्लेख छ ।
रुपन्देही जिल्लामा हुन सक्ने सम्भावित प्रदर्शन, जुलुस र झडपलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहान ९ बजेदेखि पुनः कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ बमोजिम जारी गरिएको यो आदेश आज बेलुका ७ बजेसम्म लागू हुनेछ ।
कर्फ्यु अवधिभर कसैलाई पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न निषेध गरिएको छ । प्रशासनले आदेशको उल्लङ्घन गर्ने जोसुकैलाई पनि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्नका लागि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ र आम नागरिकलाई कर्फ्युको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।