ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

जेन जी आन्दोलन : भैरहवाको एक दर्जन बढी संरचना ध्वस्त 

२५ भाद्र २०८२, बुधबार
२५ भाद्र २०८२, बुधबार

भैरहवा, २५ भदौ ।

जेन जी आन्दोलनको दोस्रो दिन भैरहवा तनावग्रस्त रह्यो । बिहान केही शान्त देखिएको भैरहवामा एक्कासि प्रधानमन्त्री केपी शर्मा ओली भैरहवा हुँदै भाग्ने हल्लाले तनावमय बन्यो ।

प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरमा भैरहवा आउने र गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिर भाग्ने हल्ला फैलिएपछि आन्दोलनकारीहरू विमानस्थल लक्षित भएका थिए ।

आन्दोलनको क्रममा आन्दोलनकारीहरूले भैरहवा स्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगजनी सँगै सरकारी र जनप्रतिनिधिका घर गरि एक दर्जन बढी संरचनामा क्षति पुर्‍याएका छन् ।

गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा रहेका ४ वटा सरकारी गाडी र केही मोटरसाइकलहरू आन्दोलनकारीले जलाई दिए भने त्यहाँ रहेका अन्य संरचनामा पनि क्षति पुर्‍याएका छन् ।

यस्तै नेपाली काँग्रेसका पार्टी कार्यालय, रुपन्देही जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय, आन्तरिक राजस्व कार्यालय रुपन्देही, सिद्धार्थनगरपलिकाको कार्यालय, रुपन्देही जिल्ला अदालत, जिल्ला ट्राफिक कार्यालय, भैरहवा भन्सार कार्यालय, नेपाल विद्युत् प्राधिकरण, सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँन, उप प्रमुख उमा अधिकारी, प्रदेश खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेको घरमा आगजनी गरि ध्वस्त बनाई दिएका छन् ।

यसै गरि भैरहवा स्थित भाटभटेनी, होटेल मौर्या, रेडसन होटल लगायतमा अराजक समूहले लुटपाट समेत गरेको छ । आन्दोलनकारीले जनप्रतिनिधि र सरकारी कार्यालयहरू खोजी खोजी आगो लगाइरहँदा रुपन्देही प्रशासन भने मूकदर्शक बनेको थियो । गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सुरक्षा टोली रहे पनि उनीहरू पनि मौन रहे ।

दिउसो भैरहवाको खजहनामा जम्मा भएका युवाहरूको टोली विमानस्थल पुगेका थिए । सोमबारको आन्दोलनमा आफ्ना १९ जना साथी गुमाएर आक्रोशित बनेको आन्दोलनकारीहरू विमानस्थल पुगेपछि प्रहरीसङ केही बेर घम्साघम्सी नै पर्‍यो ।

यसै बिच आन्दोलनकारीहरू विमानस्थल पुग्ने खबर पाएको विमानस्थल प्रशासनले भने विज्ञप्ति निकालेर अर्को सूचना नभए सम्मको लागि विमानस्थल बन्द भएको जानकारी गरायो ।

विमानस्थल पुगेका आन्दोलनकारीलाई प्रहरीले त्यही विज्ञप्ति देखाउँदै ओली आउने खबर हल्ला मात्र भएको भनेर बुझाएपछि र त्यही बिच प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको खबर बाहिरिए पछि आन्दोलनकारीहरू केही शान्त भएका थिए ।

त्यसपछि केही बेरको नाराबाजी र करिब १ मिनेटको मौनधारणपछि उनीहरूको टोली भैरहवा तर्फ मोडियो । अहिले सम्म प्रधानमन्त्रीको राजीनामा तर्फ केन्द्रित रहेको आन्दोलनकारी अब प्रहरीले थुनामा राखेका आफ्ना कार्यकर्ता छोड्न दबाब दिन थाल्यो ।

सोही क्रममा जिल्ला प्रहरी कार्यालय पुगेको आन्दोलनकारले आफ्ना कार्यकर्ता छुटाए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले १९ जनालाई छोडेको पुष्टि गरे ।

जिल्ला प्रहरी कार्यालयबाट निस्केको आन्दोलनकारीले भने त्यसपछि जिल्ला प्रशासन कार्यालय हुँदै भैरहवामै रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा फेरी तोडफोड गरे ।

उनीहरू कार्यालयमै पसेर भित्र रहेको समान बाहिर निकालेर तोडफोड गरे पनि आगजनी भने गर्न पाएनन् । प्रहरीले अश्रुग्याँस प्रहार गरि आन्दोलनकारीलाई तितरबितर पार्‍यो ।

पार्टी कार्यालयबाट निस्केको टोल भने त्यसपछि भने समाचार तयार पार्दा सम्म विमानस्थल, विद्युत् कार्यालय, बुद्ध चोक, देवकोटा चोक लगायतका क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?