Butwal Today

प्रदर्शनकारीहरूले रविलाइ नख्खु कारागारबाट बाहिर निकाले

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, २४ भदौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन् ।

सहकारी बचत अपचलनसम्बन्धी मुद्दामा नख्खु कारागारमा रहेका थिए । त्यसपछि कैदीहरूको सुरक्षालाई ध्यानमा राखी उनलाई कारागारबाट बाहिर निकालिएको नख्खु जेलका प्रमुख सत्यराज जोशीले जानकारी दिए ।

जेलमुक्त भएपछि लामिछानेले आफ्ना समर्थकमाझ भाषण गरेका दृश्य रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?