© 2026
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिँदै ओलीको राजीनामा स्वीकृत भएको पुष्टि गरेका हुन् ।
जेन्जी पुस्ताको आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले आजै पदबाट राजीनामा दिएका थिए ।