Butwal Today

रास्वपाका २० सांसदले सामूहिक राजीनामा दिए

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसदले सामूहिक राजीनामा दिएका छन् ।

जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको मृत्यु भएको घटनापछि रास्वपाले यस्तो निर्णय लिएको हो ।

मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आक्रमणलाई “आमहत्याको प्रयास” भन्दै घोर निन्दा गरेको छ । पार्टीले वर्तमान सरकारको औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै पाँच बुँदे माग अघि सारेको छः

 प्रधानमन्त्रीको तत्काल राजीनामा
 निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन
 सर्वपक्षीय नागरिक सरकार गठन
 प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्त गरी हिरासतमा लिने तथा दोषीमाथि कडा कारबाही
 संविधान संशोधनको प्रक्रिया आरम्भ

विज्ञप्तिमा भनिएको छ, “आफ्नै सन्तानको रगतमा लतपतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् ।” साथै आन्दोलनमा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको माग गरिएको छ ।

विज्ञप्तिमा संसदीय दलका कार्यवाहक सभापति तथा पूर्वनेता डोल प्रसाद अर्यालको हस्ताक्षर रहेको छ । दलका नेता रवि लामिछाने, उपनेता विराजभक्त श्रेष्ठ, डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, शिशिर खनाल, सुमना श्रेष्ठ, सोबिता गौतमलगायत २० सांसदको नाम समावेश गरिएको छ ।

रास्वपाले संघीय संसदले वैधता गुमाइसकेको ठहर गर्दै आगामी राजनीतिक निकासका लागि अन्तरिम नागरिक सरकार गठन आवश्यक भएको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?