Butwal Today

आयोगका सदस्य डा. लिली थापाको नेतृत्वमा अनुसन्धान टोली गठन

२४ भाद्र २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, २४ भदौ ।

राष्ट्रिय मानव अधिकार आयोगले जेनजीको आन्दोलनमा राज्यद्वारा व्यक्तिहरूमाथि भइरहेको हिंसा र हत्या तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पौडेलले जारी गरेको विज्ञप्तिमा, हिजो जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरी व्यक्तिको मृत्यु हुने घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण गरेको बताइएको छ । डा. पौडेलले शान्ति र सुरक्षाको नाममा व्यक्तिको हत्या कुनै पनि परिस्थितिमा स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

त्यसैगरी, आज बिहानदेखिनै प्रदर्शनकारीमाथि भइरहेको दमन तत्काल रोक्न आयोगले आग्रह गरेको छ । घटनाको गम्भीर अनुसन्धानको लागि आयोगले सदस्य डा. लिली थापाको संयोजकत्वमा विशेष अनुसन्धान टोली गठन गरेको जानकारी पनि विज्ञप्तिमा दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?