© 2026
धनगढी ।
जेनजी आन्दोलनका कारण कैलालीको धनगढीमा स्थिति तनावपूर्ण बनेको छ । प्रदर्शनकारीहरूले धनगढीस्थित कांग्रेस र एमालेका पार्टी कार्यालयमा आगजनी गरेका छन् ।
त्यसैगरी, कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा समेत आगो लगाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्रमन्त्री आरजु राणाको निवासमा पनि आगजनी गरिएको छ ।
यसैबीच, प्रदर्शनकारीहरूले कैलालीको लम्किचुहा नगरपालिका कार्यालयमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।