© 2026
बुटवल, २४ भदौ ।
बुटवलको सुख्खानगरस्थित नेकपा ९एमाले० लुम्बिनी प्रदेश पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले मङ्गलवार दिउँसो आगजनी र तोडफोड गरेका छन् ।
झरि परिरहदा पनि उग्र बन्दै नगर परिक्रमा गरेका प्रदर्शनकारीहरूको समूहले पार्टी कार्यालयमा प्रवेश गरी सामान तोडफोड गर्नुका साथै आगो लगाएको स्थानीयहरूले बताए । घटनापछि कार्यालय परिसरमा धुवाँको मुस्लो देखिएको र वरपरको क्षेत्र अशान्त बनेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको भए पनि त्यहाँको परिस्थिति केही समय तनावग्रस्त बनेको छ ।