ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

सेङलेङ लेकमा चिया खेती फैलाउँदै

२३ भाद्र २०८२, सोमबार
२३ भाद्र २०८२, सोमबार

अर्घाखाँची, २३ भदौ ।

समुन्द्री सतहदेखि २ हजार मिटर भन्दा बढी उचाइमा रहेको सेङलेङ लेकलाई चिया बगान र पर्यटन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार काम अगाडि बढाइएको छ । भूमिकास्थान नगरपालिका–१० धनचौरस्थित सेङलेङ लेकमा २० रोपनी क्षेत्रफलमा चिया खेती गरिएको छ ।

देउराली लालीगुराँस सामुदायिक वनमा २१ हजारभन्दा बढी चियाका बोट छन् । वनमाराले भरिएको जङ्गलमा गत वर्ष चियाका बिरुवा लगाइएको हो । लगाएका चियाका बिरुवाको संरक्षणमा नगरपालिकाको युवा सञ्जालको अगुवाइमा संरक्षण पनि गरिएको छ ।

नगरपालिकाले चिया बगान सँगै उक्त क्षेत्रलाई पर्यटन हवको रूपमा विकास गर्नेगरि काम समेत थालेको छ । प्राकृतिक रूपमा मनमोहक वातावरण रहेको उक्त स्थानमा चियाको बगान तयार भएपछि पर्यटकको आकर्षण थप बढेर जाने भूमिकास्थान धनचौरका स्थानीय गोपाल भट्टराईले बताए । जिल्लाकै अग्लो र चिसो मौसम भएकोले चिया खेती सम्भावना रहेकाले चिया खेती गरिएको हो ।

परीक्षणका लागि गरिएको चिया खेतीलाई सफल पार्न मलजल र गोडमेल कार्यक्रम हरेक वर्ष गर्ने गरेको युवा सञ्जालका अध्यक्ष टेकराज भुसालले बताए । ‘यो वनमा चियाका बोट हर्लक्क बढेका छन्,’ उनले भने, ‘यसरी बिरुवा राम्रोसँग हुर्कँदै गएपछि यो ठाउँमा खेती राम्रो हुन्छ भन्ने अनुमान छ । इलामजस्तै चिया उत्पादन भएमा वनबाटै स्थानीयले रोजगारी पाउने, आत्मनिर्भर बन्ने आशा छ ।’

“वनमारा हटाएर चिया खेती लगाएका छौँ, यसलाई प्रवर्द्धन गर्दै पर्यटकलाई आकर्षण गर्नेगरि बगान बनाउने सोचमा रहेका छौँ ।’’ देउराली–लालीगुराँस सामुदायिक वनका अध्यक्ष हिमनाथ खनालले भने ‘भूमिकास्थानको सेङलेङ गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जैविक विविधताले सम्पन्न नमुना गाउँ हो ।’

जहाँबाट मनोरम हिमशृङखला, अग्ला पहाड देखि बेसी सम्मका रोचक दृश्य देख्न र चिसो मौसमको आनन्द लिन सकिन्छ । सेङलेङ लेक पर्यटकीय स्थल पनि हो । जहाँबाट धेरै पहाडीसहित तराईको भूभाग अवलोकन गर्न सकिन्छ ।

चिसो मौसम भएकाले सुपा देउराली मन्दिरमा दर्शन गर्न आएका धार्मिक पर्यटकलाई अग्लो र चिसो ठाउँ सेङलेङ लेकमा घुमाउन ल्याउने गरी काम भएको भूमिकास्थान नगर प्रमुख झविलाल थापाले बताए । त्यसका लागि सेङलेङ–सुपा देउराली सडक निर्माणलाई थप व्यवस्थित गरिँदै छ । यहाँ होमस्टे पनि निर्माण गरिएको छ ।

बिस्तारै चिया बगान हेर्न पर्यटक आउने र सडक व्यवस्थित भएपछि सुपा देउराली मन्दिरमा आएका तीर्थालुलाई सेङलेङमा ल्याएर स्थानीयलाई पर्यटनबाट स्वरोजगार बनाउने लक्ष्यअनुसार काम भइरहेको थापाले बताए ।

‘भविष्यमा चिया खेती र पर्यटनबाटै गाउँलेलाई आत्मनिर्भर बनाउने लक्ष्य छ,’ उनले भने, ‘सेङलेङ लेक, धनचौर क्षेत्र राम्रो पर्यटकीय गन्तव्य बनाउने गरी पर्यटन पूर्वाधार, सडक निर्माण, चिया खेती विस्तार सहितका काम गरेका छौँ ।’ सेङलेङ लेक नजिकैको मृगीस्थल झरनामा पनि पूर्वाधार निर्माण गरिँदै छ ।

यहाँ चैतेदशैंमा सराँय नाच सहितको मेला लाग्ने बराहदेवीको मन्दिर, सेङलेङ दह, पाथीभरा मन्दिर, सेङलेङ दह, चौर, नजिकै रहेको मसिनाको लेक, मृगस्थली झरना, सिद्धगुफा पर्यटकीय आकर्षणको रूपमा रहँदै आएका छन् भने अब बन्ने चिया बगान पनि पर्यटकीय रोजाइमा पर्ने आङ्कलन गरिएको छ ।

पछिल्लो समय बढ्दै गएको गर्मी र मानवीय उकुसमुकुसमा प्राकृतिक मनोरमपूर्ण सेङलेङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको थलो बन्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?