ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

चाडपर्व नजिकिँदै गर्दा सीमामा मालवाहक ट्रकको लाइन

१९ भाद्र २०८२, बिहीबार
१९ भाद्र २०८२, बिहीबार

समाचार सारांशमा


  • भैरहवा भन्सारको सर्भर समस्या कारण मालवाहक ट्रकहरूको जाँच पासमा समस्या  ।


  • भारततर्फ सीमा पार गर्ने ट्रकहरूको लाइन १२ किलोमिटरसम्म लम्बिएको दैनिक जागरण पत्रिकाले उल्लेख ।


  • भैरहवा भन्सार प्रमुख शिवलाल न्यौपानेले सर्भर समस्या भएको भन्ने कुरा अस्वीकार ।


 

भैरहवा, १९ भदौ । 

नेपाली र भारतीय भन्सार अधिकारीहरूको तालमेल नमिल्दा त्यसको असर मालवाहक ट्रकहरूमा देखिएको छ । भारततर्फ मालवाहक ट्रकहरूको लामो लाइन लागेको छ ।

भारतीय पत्रिका दैनिक जागरणले मंगलबार सीमा भन्दा १२ किलोमिटर पर सम्म यस्ता मालवाहक ट्रकहरूको लाम लागेको समाचार प्रमुखताका साथ प्रकाशित गरेको छ ।

पत्रिकाको अनुसार भैरहवा भन्सार कार्यालयको सर्भरमा समस्या आएकोले ट्रक जाँच पासमा समस्या आएको र यसैको कारण लामो लाइन लागेको उल्लेख छ । यता भैरहवा भन्सार कार्यालयले यो कुरालाई नकारेको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार भारततर्फ लाइन लागेको भए त्यो भैरहवा भन्सारको कारण नभई उतैको कारण हुन सक्ने बताए ।

“भारतीय पत्रिकामा उल्लेख भए जस्तो १२ किलोमिटर सम्म नै ट्रकहरूको लाइन लागेको छैन, करिब ६ किलोमिटर भने छ ।” न्यौपानेले भने “यो अन्य दिनमा पनि हुने गर्दछ, अहिले चाडपर्व पनि नजिकिँदै गएकोले पनि चाप बढ्न सक्छ ।”

उनले भैरहवा भन्सार कार्यालयमा औसतमा दैनिक ५ सय वटा सम्म मालसामान बोकेका विभिन्न गाडीहरू भित्रिने गरेको बताउँदै अहिले पनि यो सङ्ख्या नियमित रहेको दाबी गरे ।

न्यौपानेका अनुसार अहिले भारत तर्फ बाटो र पुलहरू स्तरोन्नति हुने अवस्थामा रहेका छन्, यसले पनि केही अवरोध गरेको हुन सक्छ, यस अतिरिक्त सुनौलीमा बाटोमै विभिन्न पसलहरूले बाटो छेकेको कारण पनि आवागमन नियमित हुन नसकेको रिपोर्टिङ आएको बताए ।

यसबारे भारतीय पक्षसँग कुरा अगाडी बढेको बताउँदै प्रमुख भन्सार अधिकृत न्यौपानेले चाडै नै दुवै पक्षको समन्वयमा समस्या समाधान गरिने दाबी गरे । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नगेन्द्र चौधरीले पछिल्लो करिब डेढ महिनामा उल्लेखनीय प्रगति भएको बताए ।

अहिले पर्व लक्षित सामानहरू आयात हुने भएकोले पनि सवारीहरूको चाप देखिएको हुन सक्ने उनको भनाइ छ । विशेषतः लत्ता कपडा, चामल लगायत अन्य दैनिक उपभोग्य समानहरूको आयातमा वृद्धि भएको चौधरीले बताए ।

यस अघि बुटवल–नारायणगढ बाटोले भन्सार राजस्वमा समेत गम्भीर असर पु¥याए पनि अहिले त्यो समाधान भएकोले भन्सार राजस्वमा उल्लेख प्रगति भएको उनले बताए । “पछिल्ला केही समस्याहरूको कारण हामी लक्ष्यमा पुग्न सकिरहेका थिएनौ, अहिले राम्रो हुँदै गएको छ । सिस्टमले पनि राम्रै काम गरिरहेका छ ।”

उनले भने “यस्तो अवस्थामा हाम्रो तर्फबाट कुनै प्रकारको अवरोध छैन, भारतमा केही छ भने त्यसको पनि उपाय खोज्नेछौँ ।”

सूचना अधिकारी समेत रहेका चौधरीले साउन महिनामा सबै भन्दा बढी मोटरसाइकल त्यसपछि क्रमशः जिप कार भ्यान, पेट्रोल, सुपारी, सिङ्गल क्याब पिक अप गाडी, शुद्ध फलाम, अलकत्रा, डबल क्याब पिक अप, एलपी ग्यास र एम एस विलेट भित्रिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?