© २०२३
अर्घाखाँची, १३ भदाै ।
अर्घाखाँचीकाे पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्ग स्थित साविक ८ कालिका मन्दिर देखि साविक ३ मालिका मन्दिरसम्म जाेडने गरी पुल निर्माणकाे प्रक्रिया अगाडि बढेकाे छ ।
झोलुङ्गे पुल निर्माणका लागि शुक्रबार डिपिआर प्रतिवेदन तयार गर्ने कार्य सम्पन्न भएको वडा अध्यक्ष कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।
प्राविधिक टोली तथा स्थानीय सरोकारवालाको उपस्थितिमा नापजाँच, सर्वेक्षण लगायतका प्रक्रिया पूरा गरिएको हाे ।
करिब ३६० मिटर लामो पुल बन्ने यस योजनाले गाउँलेहरूको आवागमन सहज बनाउनेछ, भने शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिकीमा समेत ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ ।
स्थानीयवासीहरू पुल निर्माणलाई धातिवाङ्गकै अहिलेसम्मकाे विकास क्षेत्रमा महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिरहेका छन्। पुल बनाउँनका लागि सिंहदरबारमा स्थानीय समाजसेवी इन्द्रमणि पाैडेल सहित वडाका जनप्रतिनिधि पुगेर रू ३ कराेड बजेट विनियोजन भएको छ ।
डिपिआर पछि ठेक्का प्रक्रियामा गई पुल निर्माणकाे काम प्रारम्भ हुने र आफ्नै अहिलेकाे कार्यकालमा पुल निर्माणलाई सम्पन्न गर्नेका वडा अध्यक्ष पाैडेल विश्वस्त छन् ।