ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

बडीगाड पारका नागरिकलाई इलाका प्रशासनको चिन्ता, नेतालाई भोटको

१३ भाद्र २०८२, शुक्रबार
१३ भाद्र २०८२, शुक्रबार
गुल्मी, १३ भदौ ।
गुल्मीको बडीगाड पारीका नागरिकहरूलाई इलाका प्रशासनको चिन्ता रहे पनि नेताहरूलाई भने भोटको चिन्ताले गर्दा इलाका प्रशासन स्थापना हुन सकेको छैन । केही दिन पहिले सङ्घीय सरकारले देशका थप २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णयमा गुल्मी नपरेपछि स्थानीयदेखि केन्द्रीय नेताहरूको आलोचना सुरु भएको छ ।
सदरमुकामबाट भौगोलिक रूपले कालीगण्डकी, सत्यवती र चन्द्रकोट गाउँपालिकालाई प्रशासनको सेवा लिनका लागि तम्घास जान समय र पैसा दुवै बढी खर्च हुने गर्दछ । कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ को लुङबाट तम्घास जान करिब ८० किलोमिटर यात्रा गर्नुपर्दछ ।
त्यहाँबाट नियमित रूपमा गाडी नचल्ने भएकाले नागरिकता, पासपोर्ट बनाउनका लागि गाडी नै रिर्जव गरेर जानुपर्ने बाध्यता हुन्छ । केही महिना पहिले कालीगण्डकी गाउँपालिकाबाट सेवा लिन तम्घास पुग्दा प्रशासनले राहदानीका लागि टोकन सकिएको बताएपछि रिसको झोकमा पालिका अध्यक्ष वेदबहादुर थापाले स्क्यानरनै फुटाइदिएका थिए ।
कालीगण्डकीबाट तम्घास सेवा लिन पुग्दा दिनको करिब तीन बज्ने र सहज रूपमा सेवा लिन नपाउँदा त्यस दिन बास बसेर अर्को दिन सेवा लिनुपर्ने बाध्यता रहेको छ । कालीगण्डकी ५ का रिषी रानाले यस समस्यालाई समाधान गर्नका लागि इलाका प्रशासन नै आवश्यक रहेको बताए ।
नागरिकलाई इलाका प्रशासनको चिन्ता रहे पनि राजनीति गर्ने  स्थानीय नेताहरूले भने आफूहरूको अनुकूलमा इलाका प्रशासन हुनुपर्ने तर्क राख्दै आएका छन् ।
स्थानीय सरकार आफू अनुकल बनाउने पक्षमा
सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले गाउँपालिकाको वडा नम्बर ६ जोहाङमा  भौतिक संरचना पनि तयारी अवस्थामै रहेकाले इलाका प्रशासन जोहाङ नै उपयुक्त हुने दाबी गरे ।
इलाका प्रशासनका लागि जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रको भौतिक संरचना उपलब्ध गराउने बताउँदै चन्द्रकोटको मजुवामा नापी र मालपोत कार्यालय भएकाले विकेन्द्रीकरणको नीति अनुसार पनि जोहाङ नै उपयुक्त हुने उनको भनाइ छ ।
२०६५ सालको निर्णय कार्यान्वयन गरौँ: क्षेत्री
चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज क्षेत्रीले २०६५ सालमै सामान्य प्रशासन मन्त्रालयले जिल्लाको सहमतिमै चन्द्रकोट गाउँपालिकाको मजुवामा इलाका प्रशासन राख्ने निर्णय गरेकाले त्यसैलाई नै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । निर्णय भएको विषय बस्तुलाई कार्यान्वयन नगरी अनावश्यक हल्ला गर्नु र विरोधको कुनै तर्क नरहेको उनको भनाइ छ ।
 सहज र सरल रूपमा सेवा  आवश्यक: थापा
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले नागरिकलाई सहज र सरल रूपमा पहुँच पुग्ने स्थानमै इलाका प्रशासन हुनुपर्नेमा जोड दिए । त्यसका लागि सबै हिसाबले रुरु क्षेत्र गाउँपालिकाको रिडी नै उपयुक्त हुने उनको दाबी छ ।
रुरुमा सबैलाई पायक पर्छ: ज्ञवाली
रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले रुरुक्षेत्रको रिडीमा इलाका प्रशासन राख्दा सबैलाई पायक पर्ने बताए । सडक सञ्जालले जोडिएको क्षेत्र पनि भएको भौतिक संरचना पनि तयारी अवस्थामा रहेको बताउँदै यहाँका लागि कालीगण्डकी गाउँपालिकाले सहमति दिइसकेको र अन्य पालिकासँग पनि समन्वय भइरहेको उनको भनाइ छ ।
समन्वय गर्छु: प्रजिअ
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले आफू केही हप्ता पहिले जिल्लामा आएकाले सबै विषयवस्तु थाहा नभएको बताए ।  इलाका प्रशासनका लागि आफूले जिल्लालगायत केन्द्रसम्म समन्वय गर्ने उनको भनाइ छ ।
जिल्लाबाटै आएन: पूर्व मन्त्री ज्ञवाली
गुल्मी क्षेत्र नम्बर एकका पूर्व प्रतिनिधि सभा सदस्य तथा मन्त्री प्रदीप ज्ञवालीले जिल्लाबाट सिफारिस हुन ढिला भएका कारण अहिले हुन नसकेको बताए ।  तत्कालका लागि नभए पनि इलाका प्रशासन राख्नका लागि आफूले पहल गरेको उनको भनाइ छ ।
गुल्मी क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले जिल्लामा सर्वपक्षीय सहमति अनुसार जिल्ला सुरक्षा समितिबाट सिफारिस गरेर पठाउनका लागि आफूले पहल गरेको बताए । यसमा आफूले कुनै राजनीति गर्नु भन्दा पनि सबैलाई पायक पर्ने स्थानमा नै राख्नु उपयुक्त हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?