ट्रेंडिंग:

>> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत

मल नराखेको बोटमा ‘अन्न फल्ला’ ?

नेपालमा मल नपाएपछि किसानहरू भारतीय मलको भर पर्नुपर्छ । तर भारतीय मलमा पनि तस्करहरूको सिन्डिकेट छ । भारतमा २८० रुपैयाँ भारु पर्ने मल तस्करहरूले बढी मूल्य दिई खरिद गरेको कारण अहिले युरिया मलको हाहाकार मच्चिएको छ ।
५ भाद्र २०८२, बिहीबार
५ भाद्र २०८२, बिहीबार

समाचार सारांश


  • नेपालमा मलको अभाव भएपछि किसानहरू बाध्यतावश भारतबाट मल ल्याउँछन् ।

  • भारतमा २८० रुपैयाँ पर्ने युरिया मल नेपालमा तस्करहरूले २ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् ।

  • सीमाबाट मल ल्याउँदा किसानहरूले भारतीय र नेपाली सुरक्षाकर्मीको गाली, कुटपिट र लातजुत्ता सहनुपरेको छ ।


भैरहवा, ०५ भदौ ।

धानका लागि उर्वर मानिएको रुपन्देहीको मर्चावार क्षेत्रमा मलको चरम अभाव अभाव भएको छ । पानीका कारण जेनतेन ढिलै रोपाइँ गरेका यहाँका किसान मलको अभाव खेपिरहेका छन् । एक बोरा मल पाउनका लागि घण्टौँ लाइन बस्नुपर्ने र अनेक हन्डर खप्नुपर्ने अवस्था किसानको छ ।

सरकारी अनुदानको मल न्यून मात्रामा पाएर पनि यसले अपुग भएका किसानहरू अझै भारतीय कमसल र कम तौल भएको मलको भर पर्नु परेको छ । त्यही पनि चर्को मूल्य र भारतीय तथा नेपाली सुरक्षाकर्मीहरूको गाली खप्की र लात जुत्ता खादै । मल वितरण हुने कतिपय सहकारीहरूमा भीड नियन्त्रण भन्दा बाहिर हुने गरेको छ ।

मल लिन आएका किसानहरूबिच ठेलाठेल र धक्कामुक्की हुँदा कयौँले चोटपटक पनि खानुपर्छ । “एक बोरा मल पाउनका लागि लात जुत्ता समेत खानुप¥यो,“ स्थानीय किसान वासु मल्लाहले पीडा पोख्दै भने, “सरकारले हामीलाई किसान भन्छ तर हाम्रो समस्यामा कसैको ध्यान छैन ।”

नेपालमा मल नपाएपछि किसानहरू भारतीय मलको भर पर्नुपर्छ । तर भारतीय मलमा पनि तस्करहरूको सिन्डिकेट छ । भारतमा २८० रुपैयाँ भारु पर्ने मल तस्करहरूले बढी मूल्य दिई खरिद गरेको कारण अहिले भारतमा सीमावर्ती क्षेत्रमा समेत युरिया मलको हाहाकार मच्चिएको छ ।

यस्तो अवस्थामा सामान्य किसानहरूले एक बोरा मलको लागि भौँतारिनु परेको छ । मल पाइए पनि भारतीय सुरक्षाकर्मीको लाठी र बुट खानु परेको छ । भारु २८० रुपैयाँ पर्ने मल तस्करहरूले भने सीमा कटाएर नेपाल तर्फ २ हजार ५ सय देखि ३ हजार रुपैयाँ प्रतिबोरा सम्म बिक्री गर्ने गरेका छन् ।

सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का निजामुद्दिन मुसमलमानले धान बालीको लागि आफूलाई ४० बोरा सम्म युरिया मल आवश्यक रहेको बताउँछन् । “मलाई एउटै सिजनमा ४० बोरा युरिया मल आवश्यक पर्छ, तर सहकारीले एक बोरा मात्र दिन्छ, एक बोरा मल मात्र लिएर म के गर्छु ?” उनले भने “म जतिको मानिसले भारतबाट गएर लात जुत्ता खाएर मल ल्याउन पनि सक्दैन ।

यसैले यस पटक मल नै नहाल्ने मनस्थितिका साथ बसेको छु ।”यसरी मल नहाल्दा भने उत्पादनमा प्रत्यक्ष असर पर्ने उनलाई र सरकारलाई पनि थाहा छ । तर प्रत्येक वर्ष एउटै समस्या दोहोरिए पनि सरकारले खासै चासो नदेखाएको उनको गुनासो छ । समयमा मल हाल्न नपाएकाले कतिपयको धान बाली पहेँलो भएर सुक्न थालेको छ ।

“मल नपाएकाले बाली सुक्दै गएको छ, सबै लगानी डुब्ने भयो,“ अर्का किसान रमाशंकर यादवले निराश हुँदै भने, “यस वर्ष पनि राम्रो उत्पादन हुने आस छैन ।”कृषिप्रधान देश भनिने नेपालमा हरेक वर्ष किसानहरूले मलको समस्या झेल्दै आएका छन् ।

मर्चावारका किसानहरूले स्थानीय तह र सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक अशोक कुमार तिवारीले सहकारीको कमान्ड क्षेत्र वडा नम्बर ५ मा ११ टोलमा गरी करिब १ हजार ६ सय घरधुरी रहेको बताए । यतिका किसानलाई कम्तीमा पनि ८ हजार देखि ९ हजार बोरा मल आवश्यक रहेको बताउँछन् ।

तर लोकतन्त्र आएदेखि नै हालसम्म कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग गरी जम्मा १ हजार बोरा भन्दा बढी आपूर्ति भएको छैन । “अहिले पनि ३४० बोरा युरिया मल प्राप्त भएको छ, तर किसानहरू बिहानै देखि लाइनमा उभिनुभएको छ ।” उनले भने “आवश्यकता र आपूर्ति बिच ठुलो खाडल छ, यस्तो अवस्थामा हामीले जेनतेन केही नियम बनाएर मल वितरण गरिरहेका छौँ ।”

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार जिल्लाकै सबै भन्दा बढी धान उत्पादन हुने क्षेत्रमा पर्दछ । मायादेवी गाउँपालिकाको केही भाग, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाका केही वडाहरू समेटिएको क्षेत्र मर्चवारको नामले प्रख्यात छ ।

मुख्य पेसा कृषि नै रहेको यहाँका स्थानीयहरू समयमै आफूलाई आवश्यक पर्ने मल नपाउँदा सरकारप्रति रुष्ट देखिएका छन् । उनीहरूले यस विषयमा सङ्घीय सरकार र कृषि मन्त्रालयले तत्काल ध्यान दिनुपर्ने र मलको सहज आपूर्तिका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?