Butwal Today

गुल्मीमा कोरिडोरसहित मुख्य सडक २१२ घण्टा ठप्प

२ भाद्र २०८२, सोमबार
अ+
अ-

गुल्मी,२ भदौ ।

गुल्मीमा साउन  महिनामा मात्रै  कालीगण्डकी कोरिडोरसहित  मुख्य सडकहरू  २१२ घण्टा  अवरुद्ध भएका छन् ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका  प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारूका अनुसार कालीगण्डकी कोरिडोर १३ पटक अवरुद्ध हुँदा १०५ घण्टा ठप्प भएको छ ।

कालीगण्डकी कोरिडोरको गरगरे, राक्से, मुल्क र कनौटामा सडक अवरुद्ध भएको थियो । त्यसै गरी बुटवल-वुर्तिवाङ्ग सडकखण्डको रुद्रवेणी- वामी सडक १७ पटक अवरुद्ध हुँदा ५९ घण्टा आवतजावत ठप्प भएको थियो ।

यहाँ मुख्य डहरे खोलामा पानीको बहाव बढेपछि अवरुद्ध हुने गरेको छ । त्यस्तै, मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी – तम्घास सडकखण्ड ५ पटक अवरुद्ध हुँदा ३८ घण्टा ठप्प भएको छ । रिडी- खर्ज्याङ सडक २ पटक अवरुद्ध हुँदा ४ घण्टा ठप्प भएको छ ।

साथै स्थानीय पनाहा-धुर्कोट-जैसिथोक-पुर्कोट सडक १ पटक अवरुद्ध हुँदा २ घण्टा अवरुद्ध भएको थियो ।