Butwal Today

२५ जनाको क्षमता भएको गुल्मी कारागारमा १०८ कैदीवन्दी कोचाकोच

२ भाद्र २०८२, सोमबार
अ+
अ-

गुल्मी,२ भदौ ।

२५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा १०८ कैदीवन्दीहरु  कोचाकोच गरी बस्न बाध्य छन् ।

जिल्ला कारागार  कार्यालय गुल्मीका जेलर रेश्मीराज पन्थका अनुसार २५ जनाको क्षमता रहेको (ङ)बर्गको कारागारमा अहिले १०८ जना कैदीवन्दीहरु रहेका छन् । पन्थीका अनुसार पुरुष १०१ जना, जस मध्ये थुनुवा ३३ र कैदी ६८ जना रहेका छन् ।  ६ जना महिला मध्ये थुनुवा दुई जना र चार जना कैदीवन्दीका साथै एक जना नावालीका आश्रीत गरी १०८  जना कारागारमा कैदीवन्दीहरु रहेका छन्  ।

खुल्ला स्थान नहुँदा सीप विकासमा समस्या

कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरु भोग्नुपरेको र कैदीवन्दीहरुलाई प्रयाप्त खेलमैदान नहुनु, आर्थिक पार्जनका लागि उधोगहरु खोल्नका लागि पनि समस्या भएको छ । कैदीबन्दीहरुका लागि सीप विकासका लागि प्रयाप्त खाली ठाउँ नहुँदा उनीहरुको इच्छा र चाहना अनुसार काम गर्ने वातावरण निर्माण गर्नमा थप समस्या झेल्नु परेको पन्थीले बताए  ।

कारागारमा प्रर्याप्त खेलमैदान, उचित बासस्थान र उद्यमी गर्नेहरुका लागि उचित ब्यबस्था भएमा थप सहज हुने उनको भनाइ छ ।