Butwal Today

कलश स्टक मार्केट (ब्रोकर नं ७४) ले बुटवलमा खोल्यो पहिलो शाखा

१ भाद्र २०८२, आइतबार
अ+
अ-

बुटवल, १ भदौ ।

बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रालि (ब्रोकर नं ७४) ले सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा २०८२ साल श्रावण अन्तिम साताबाट स्वस्ति पुजा गरी सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा मार्फत बुटवल तथा छिमेकमा रहेका जिल्लाहरू पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची लगायतका सर्वसाधारणलाई दोस्रो बजारमा नवीनतम प्रविधि सहित सेयर कारोबार गर्न अझै सहज हुने शाखा प्रमुख श्री भानुभक्त पौडेल “कमल” ले बताए ।

यस कम्पनीले निकट भविष्यमा देशका सम्भावित अन्य स्थानहरूमा पनि शाखा विस्तार गरी आम सर्वसाधारण समक्ष सहज रूपमा सेयर कारोबार गर्न सकिने सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रबन्ध सञ्चालक सालिकराम अधिकारीले बताए ।

नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोबार शुभारम्भ गरेको थियो ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई सर्वसुलभ र प्रविधिमैत्री रूपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य ( डिपी )  को सेवा प्रदान गरिरहेको अध्यक्ष श्री प्रदीप केसीले बताए ।