ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

युवाको व्यवसाय मोहले रुपन्देहीमा साढे ५ अर्बको लगानी भित्र्यायो

२८ श्रावण २०८२, बुधबार
२८ श्रावण २०८२, बुधबार

समाचार सारांश

  • आर्थिक वर्ष २०८१/८२ मा मात्रै रूपन्देहीमा ५ अर्ब ४७ करोड २६ लाख ३३ हजार २४ रुपैयाँको नयाँ लगानी थपिएको छ ।

  •  गत आर्थिक वर्षमा १,१६३ वटा नयाँ साना तथा मझौला उद्योगहरू दर्ता भएका छन् ।

  • उद्योगहरूबाट ३,९२१ जनालाई रोजगारी उपलब्ध भएको छ ।

भैरहवा, २८ साउन ।
पछिल्ला केही वर्षयता रूपन्देही जिल्लामा साaना तथा मझौला उद्योगहरू खुल्ने क्रम ह्वात्तै बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा मात्रै रुपन्देहीमा ५ अर्ब ४७ करोड २६ लाख ३३ हजार २४ रूपैयाको नयाँ लगानी थपिएको छ । यसले जिल्लाको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
गत आर्थिक वर्षमा विभिन्न प्रकारका साना तथा मझौला उद्योगहरू गरी कुल १ हजार १६३ वटा नयाँ उद्योग दर्ता भएका छन् । यी उद्योगहरूबाट कुल ३ हजार ९२१ जनालाई रोजगारी मिलेको तथ्याङ्कमा उल्लेख छ । यसरी नयाँ लगानी थपिनु र रोजगारीको अवसर सिर्जना हुनुले जिल्लाको समग्र विकासमा टेवा पुगेको छ ।
दर्ता भएका उद्योगहरू मध्ये सबैभन्दा धेरै सेवामूलक उद्योगहरू रहेको घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख लोक बहादुर कार्कीले जानकारी दिए । यस बाहेक उत्पादनमूलक उद्योग, कृषि र वनजन्य उद्योगहरूको सङ्ख्या पनि उल्लेख्य रहेको उनले बताए ।
कोरोना महामारीपछि उद्योग व्यवसायमा देखिएको मन्दी र शिथिलतालाई चिर्दै पछिल्लो समयमा रुपन्देहीमा उद्योग दर्ता र लगानीमा उल्लेख्य वृद्धि भएको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कार्कीका अनुसार, कोरोनाका कारण केही वर्ष सुस्त देखिएको उद्योग क्षेत्रले अहिले गति लिएको छ ।
“पछिल्लो समय युवाहरूमा आफ्नै व्यवसाय गर्ने मोह बढेको छ,” उनले भने, “सरकारले पनि साना तथा घरेलु उद्योगहरूलाई प्रोत्साहित गर्ने नीति लिएकाले नयाँ उद्यमीहरू थप आकर्षित भएका छन् ।”  जिल्लामा गत आर्थिक वर्षमा ८८२ वटा उद्योग र १ हजार १६३ वटा वाणिज्य फर्म गरी २०४५ वटा नयाँ व्यवसाय दर्ता भएका छन् ।
सोही अवधिमा ४२६ उद्योग र २४८ वटा व्यापार गरी ६७४ वटा फर्म बन्द भएको कार्यालय प्रमुख कार्कीले जानकारी दिए । यस अवधिमा ३२० जना महिला र ६८२ जना पुरुषले गरी १ हजार २ जना नयाँ उद्यमी बनेका छन् । गत आर्थिक वर्षमा कार्यालयले २ करोड १० लाख बढी राजस्व असुली गरेको छ ।
लगानीमा भएको यो वृद्धिले रुपन्देहीलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न थप सहयोग पु¥याउने विश्वास गरिएको छ । यद्यपि, उद्योग दर्ता र लगानी मात्रै पर्याप्त हुँदैन । यी उद्योगहरूको दिगोपन सुनिश्चित गर्न र उनीहरूलाई आवश्यक पर्ने सीप, बजार र वित्तीय पहुँचमा सहयोग पु¥याउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यको भनाई छ ।
लगानीको वातावरणलाई थप सहज बनाउन सरकारले नीतिगत सुधार गर्नुपर्ने आवश्यकता समेत उनले औँल्याए । साना तथा मझौला उद्योगहरूले रोजगारी सिर्जना गर्नुका साथै स्थानीय स्रोतसाधनको उपयोग गरेर उत्पादन बढाउन मद्दत गर्दछन् ।
यसले ग्रामीण अर्थतन्त्रलाई पनि बलियो बनाउँछ । रुपन्देहीमा भएको यो उत्साहजनक लगानीले आगामी दिनमा थप उद्योगहरू खुल्ने र यसले जिल्लाको आर्थिक वृद्धिदरलाई अझै तीव्र बनाउने आचार्यले अपेक्षा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?