Butwal Today

पहिरोका कारण काली गण्डकी कोरिडोर र रिडी– वामी सडक अवरुद्ध

२८ श्रावण २०८२, बुधबार
अ+
अ-

गुल्मी,२८ साउन । 

अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको काली गण्डकी कोरिडोर  र रिडी– वामी सडक अवरुद्ध भएका छन् । काली गण्डकी कोरिडोरको रिडी– पुर्तिघाट सडक खण्डको काली गण्डकी गाउँपालिका  वडा नम्बर दुईको राक्सेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

यस्तै रिडी– वामी सडक खण्डको सत्यवती गाउँपालिका वडा नम्बर ६ को डहरे खोलामा पानीको बहाव बढेका कारण उक्त सडक खण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गङ्गाबहादुर सारूले जानकारी दिए ।

गएरातिदेखि निरन्तर रूपमा पानी परेकाले खोलामा पानीको बहाव बढेको र कोरिडोरमा पहिरो खसेको सारूले बताए । पानी परिराखेकाले पहिरो पन्छाउन समय लाग्न सक्ने उनको भनाइ छ ।