ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

संघीय सरकारको आदेश बेवास्ता गर्दै प्रदेशले कर असुल्दै

२७ श्रावण २०८२, मंगलवार
२७ श्रावण २०८२, मंगलवार

भैरहवा, २७ साउन ।

सङ्घीय सरकारले यस आर्थिक वर्षको लागि पेस भएको बजेट मार्फत खारेज गरेको पटके कर (अस्थायी सवारी साधनमा लाग्ने कर) प्रदेश सरकारले उठाइरहेको विषयले स्थानीय तहमा विरोध चर्किएको छ ।

यातायात व्यवस्थापनलाई सहज बनाउन र एकरूपता ल्याउनका लागि सङ्घीय सरकारले यो कर खारेज गरे पनि लुम्बिनी प्रदेश सरकारले प्रदेश आर्थिक ऐनमै व्यवस्था गरी यसलाई निरन्तरता दिएको छ ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश आर्थिक ऐनमै विदेशमा दर्ता भएका (मालवाहक सवारी साधन बाहेकका) सवारी साधन लुम्बिनी प्रदेशमा प्रवेश गर्दा लाग्ने बाटो दस्तुर तोकेर उठाइरहेको छ । प्रदेश सरकारले दुई पाङ्ग्रेको २ सय, साना सवारी साधनको ३ सय, मझौलाको ७ सय र ठुला सवारी साधनको १ हजार रुपैयाँ प्रतिदिनको दरले उठाउँदै आएको छ ।

यातायात व्यवस्था सेवा कार्यालय भैरहवा अन्तर्गत बेलहियामा डेस्क राखी यस्तो कर उठाइँदै आएको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ६२ हजार ९ सय ३८ वटा सवारी बाट १२ करोड ८५ लाख १२ हजार ३ सय ७८ रुपैयाँ यातायात क्षेत्रको आम्दानी भएको छ ।

प्रदेश भित्रको यातायात व्यवस्थापन गर्ने जिम्मेवारी र अधिकार प्रदेश सरकारको भएको तथा पटके कर प्रदेशको राजस्वको एउटा महत्त्वपूर्ण स्रोत पनि रहेको कारण प्रदेश सरकारलाई यसलाई हटाउन चासो दिएको छैन ।

प्रदेश सरकारको यो निर्णयले यहाँका पर्यटन व्यवसायी देखि स्थानीय तहका जनप्रतिनिधिहरूमा असन्तुष्टि बढेको छ । एकै विषयमा सङ्घीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले अलग–अलग कानुन बनाउँदा दोहोरो करको भार बेहोर्नु परेको छ ।

स्थानीयहरूको माग अनुसार नै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेट पेस गरेको बुँदा नम्बर ४१३ मा “अस्थायी पैठारी हुने सवारी तथा ढुवानीका साधन र उपकरणहरूमा भन्सार विन्दुमा महसुल सङ्कलन गरे बापत नेपाल भित्र यात्रा गर्दा सङ्घ, प्रदेश वा स्थानीय तहबाट प्रवेश शुल्क, रुट दस्तुर, वा अन्य कुनै महसुल असुल उपर गर्न नपाइने व्यवस्था मिलाएको छु ।” भन्ने उल्लेख रहेको छ ।

यस क्षेत्रका निजी क्षेत्र तथा पर्यटन व्यवसायीहरूले सङ्घीय सरकारले गरेको यो व्यवस्था विपरीत प्रदेश सरकारले कर उठाउन नहुने माग राख्दै आएका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यका अनुसार लामो समयदेखि व्यवसायीहरूको माग यो पटके हर हटाउनुपर्ने माग रहँदै आएको थियो । यसले पर्यटन क्षेत्रलाई नकारात्मक असर पारेको थियो । सोही अनुसार बजेटमा व्यवस्था भए पछि व्यवसायी उत्साहित भएको उहाँको भनाई छ ।

“बजेटमा व्यवस्था भए पनि कर उठाउन रोकिएका छैन, सङ्घले खारेज गरेको हो, प्रदेशको आफ्नै कानुन हुन्छ भन्दै प्रदेश सरकारले यसलाई निरन्तरता दिएको छ ।” उनले भने “एक पटक भन्सार महसुल बुझाइसकेको सवारी साधनलाई दोहोरो कर लिनु हुँदैन भन्ने हाम्रो भनाई हो । यसलाई हटाउनु पर्छ ।”

सङ्घकै महासचिव कृष्ण प्रसाद घिमिरेले नेपालको बाटोहरू सङ्घीय सरकार मातहत रहेको हुँदा प्रदेशले यी बाटोमा हिँड्ने सवारीहरूमा जबरजस्ती कर उठाउन नमिल्ने तर्क गरे । उनले बजेटले सम्बोधन गरेका अन्य व्यवस्थाहरू लागु भइसकेको अवस्थामा यसको लागि आर्थिक ऐनमै उल्लेख गरिनुपर्ने कारण नरहेको दाबी गरे ।

पर्यटन व्यवसायीले दोहोरो शुल्क असुलीले पर्यटन प्रभावित भएको र चहलपहल घटेको गुनासो गरेका छन् । पर्यटन व्यवसायी विष्णु प्रसाद शर्माका अनुसार रुट इजाजत असुलीका कारण रुपन्देहीको बेलहिया नाका हुँदै मुलुक प्रवेश गर्ने सवारीका साधन अहिले अन्त ‘डाइभर्ट’ भएका छन् ।

यस विषयमा सङ्घ सरकारले प्रदेश सरकारलाई आवश्यक निर्देशन दिएर दोहोरो करका विषयमा स्पष्ट पार्नु पर्ने देखिन्छ । शर्माका अनुसार, यस किसिमको करले पर्यटकहरूलाई अनावश्यक झन्झट र प्रशासनिक बोझ बढाएको छ ।

सङ्घीय सरकारले खारेज गरिसकेको करलाई प्रदेश सरकारले पुनः लागू गर्नु सङ्घीयताको मर्म विपरीत भएको भन्दै तत्काल यो निर्णय फिर्ता लिन उनले माग गरे ।  प्रदेश सरकारले सडक सवारी, यातायात तथा परिवहन ऐन २०७६ को दफा ११ सँग सम्बन्धित रहेको राजश्व सङ्कलन गरिरहेको जनाएको छ ।

प्रदेश मातहतको यातायात व्यवस्था सेवा कार्यालय भैरहवाका सूचना अधिकारी माधव कोइरालाले जानकारी दिए । उनले प्रदेश र सङ्घ सरकार कतैबाट पनि कर असुली रोक्न कुनै प्रकारको आदेश नआएको बताउँदै कर असुलीलाई निरन्तर गरिएको बताए । “केन्द्र सरकारको आर्थिक ऐनमा पनि यो व्यवस्था रोक्ने वा कर नलिने भन्ने कुनै व्यवस्था देखिएन ।”

उनले भने “यहाँ मात्र हैन देशैभरका यातायात व्यवस्था कार्यालयबाट यस्तो कर उठाइरहेको अवस्था छ ।” उनले प्रदेश वा सङ्घ सरकार कहिबाटै आदेश आए आफूहरूले तुरुन्तै कर असुली रोक्ने बताउँदै आदेश नआए सम्म कर असुलीलाई निरन्तरता दिने बताए ।

पटके करको विषयले सङ्घीयताको कार्यान्वयनमा देखिएको चुनौतीलाई उजागर गरेको छ । यस समस्याको समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबिच समन्वय र संवाद आवश्यक देखिएको सरोकारवालाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?