ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सस्तो लोकप्रियताका लागि बनाइएका संरचना, स्थानीय सरकारलाई  बन्यो गलपासो

२५ श्रावण २०८२, आइतबार
२५ श्रावण २०८२, आइतबार

गुल्मी , २५ साउन ।

गुल्मीमा दीर्घकालीन रूपमा योजना नबनाई सस्तो लोकप्रियताका लागि बनाइएका संरचनाहरु अहिले प्रयोगविहीन बनेका छन् ।  लामो समयदेखि सरकारी लगानीमा बनेका संरचनाहरू प्रयोगविहीन अवस्थामा रहँदासमेत सरोकारवाला निकायहरू मौन रहेका छन् भने सरकारी लगानी बालुवामा पानी भने सरह नै भएको छ ।

सरोकारवाला निकायले सरकारी संरचनाहरूलाई प्रयोगमा ल्याउने बताउँदै आए पनि बोलीमा मात्रै सीमित भएको हो  । रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिल ध्वज पन्थीले आफू निर्वाचित भए पछि नगरभित्रका सरकारी संरचनाहरूलाई संरक्षण र सञ्चालन गर्नु आफूहरूको दायित्व भएको बताएका थिए  । पन्थीले नगरभित्रका संरचनाहरूलाई आफूले सञ्चालन गरेरै छाड्ने उद्घोष गरेको तीन वर्ष हुँदासमेत त्यी संरचनाहरूले गुहारसमेत पाउन सकेका छैनन् ।

सदरमुकाम तम्घासमै रहेको थ्रिडी पार्कमा रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाखको लागतमा निर्माण भएको पार्क यसै प्रयोगविहीन अवस्थामा छ । त्यस पश्चात् रेसुङ्गा नगरपालिकाले पटक पटक गरी १० लाख रुपैयाँ भन्दा बढी रकम मर्मतमा खर्च गरिसकेको भए पनि उक्त पार्क बेवारिसे जस्तै भएको छ ।

सरकारलाई खबरदारी गर्ने जिल्ला प्रशासन अगाडि रहेको पहिलेको लाँकुरी मञ्चको नाम निसानै सकेर बनाइएको पार्क प्रयोगविहीन हुँदा पहिलेकै लाँकुरी मञ्चकै रूपमा अगाडि बढाउनुपर्नेमा कतिपयले जोड दिँदै आएका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्र अर्जुनमा लुम्बिनी प्रदेश सरकार उद्योग वन  तथा वातावरण मन्त्रालयको १४ लाख ४० हजार र उपभोक्ता समितिको तर्फबाट एक लाख ४४ हजार गरि १५ लाख ८४ हजारको लागतमा सेल्फी टावर निर्माण गरिए पनि अहिले प्रयोगविहीन नै बनेको छ  ।

यस्तै सदरमुकाम तम्घासकै उनायचौरमा १३ लाख ३८ हजार ९११ रुपियाँमा निर्माण भएको  ट्रीहाउस पनि अहिले प्रयोग विहीन अवस्थामा रहेको छ । उक्त हाउसको २०७६ सालमा तत्कालीन उद्योग वन तथा पर्यटन मन्त्री लीला गिरीले तामझामका साथ उद्घाटन गरेका थिए  ।अहिले उक्त संरचना प्रयोगविहीन अवस्थामै रहेको छ ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले राज्यको रकम खर्चेर बनेका संरचनाहरूलाई संरक्षण र सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । जे उद्देश्यका साथ निर्माण भएको हो सोही अनुसार नै सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ । दीर्घकालीन रूपमा योजना नबनाई सस्तो लोकप्रियताका लागि बनाएका संरचनाहरू  अहिले गलपासो जस्तै भएको उनको तर्क छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता रामजी पन्थीले प्रयोगविहीन संरचनाहरू सञ्चालनका लागि पहल भइरहेको बताए । लामो समयदेखि प्रयोगविहीन थ्रिडी पार्कलाई सञ्चालन गर्न निजी क्षेत्रलाई दिनका लागि सूचना प्रकाशन गर्दा पनि कोही तयार नभएको उनको भनाइ छ । उनायचौरको ट्री हाउस र अर्जुनको सेल्फी टावरलाई थप मर्मत गरी जतिसक्दो छिटो सञ्चालनमा ल्याउने पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?