ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

रुपन्देही–३ मा थारु र मधेसीको ऐक्यबद्ध उम्मेदवारी

२२ श्रावण २०८२, बिहीबार
२२ श्रावण २०८२, बिहीबार

भैरहवा, २२ साउन ।

संघीय लोकतान्त्रिक मोर्चाले थारु र मधेसी समुदायलाई एकताबद्ध गरी रुपन्देहीमा हुने आगामी उप निर्वाचनमा संयुक्त रूपमा अगाडि बढ्ने उद्घोष गरेको छ । रुपन्देहीको सियारीमा आयोजित मोर्चाले आयोजना गरेको जनजागरण कार्यक्रममा बोल्दै मोर्चाका नेताहरूले थारु र मधेसी समुदायका हक, अधिकार र पहिचानका लागि अब एक भएर लड्नुको विकल्प नरहेको बताएका छन् ।

कार्यक्रममा मोर्चाका संयोजक तथा नेताहरूले वर्तमान राजनीतिक प्रणालीले थारु र मधेसी समुदायलाई निरन्तर उपेक्षा गरेको आरोप लगाए । उनीहरूले राज्यको संरचनामा यी समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित नभएसम्म राजनीतिक सङ्घर्ष जारी रहने बताए ।

जनता समाजवादी पार्टीका महासचिव रामकुमार शर्माले मोर्चा गठनको औचित्यबारे बताउँदै मोर्चा गठन भएपछि मात्र सरकारमा प्रतिपक्ष रहेको जनताले आभास गरेको बताए । उनले मोर्चाले मात्र सरकारलाई चुनौती दिन सकेको र यो भय सिंहदरबार सम्म पसेको दाबी गरे ।

उनले सरकारले बजेट बनाउँदा नै पार्टीले बजेट देशको लागि नभई प्रधानमन्त्री र मन्त्रीहरूको क्षेत्रलाई मात्र निर्माण भएको भन्दै चेतावनी दिएको बताए । यसले पनि सरकार व्यक्तिवाद र निरङ्कुश तरिकाले अगाडी बढेको पुष्टि भएको उनको भनाई थियो ।

उनले मधेस तराईमा रहेको जग्गाहरू पुनर्वास, राप्ती परियोजना, सुकुम्वासी लगायतको नाममा जग्गा वितरण गर्दै आएकोले भूमि विधेयक देश र मधेसको हितमा नभएको बताउँदै शर्माले भूमि सम्बन्धी भूमि सम्बन्धी विधेयकको जसपाले सधैँ विरोध गरेको बताए ।

उनले अबको लडाइँ राजनैतिक लडाइँ मात्र नभई अस्तित्वको लागि भएकोले अब आदिवासी, थारु, मुस्लिम तथा मधेसीहरू मधेसमै बस्ने या यहाँबाट विस्थापित हुने बारे समयमै साेंच्नुपर्ने समय आएको जनाए ।  कार्यक्रममा बोल्ने वक्ताहरूले थारुहट र मधेस आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्नका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष हृदयेश कुमार त्रिपाठीले देश हाम्रो भए पनि राज्य हाम्रो भएको थारु, मधेसी जनताले महसुस गर्न नसकेको जिकिर गरे । उनले देश हाम्रो हो राज्य पनि हाम्रो हुनुपर्छ भन्ने मात्र लडाई रहेको बताए । “संविधान जारी गर्दा हामीले भौगोलिक पुनर्संरचनामा धेरै ध्यान दियौ, राज्यको पुनर्संरचना तर्फ हाम्रो ध्यान जान सकेन ।”

उनले आफूहरूले विगतमा गरेको गल्ती भन्दै सम्झिए “यसको नतिजा राज्यको चरित्र ज्यूको त्युँ रह्यो, भौगोलिक संरचना बदलिदा राज्यको पुनर्संरचना भएन ।” उनले सङ्घीय लोकतान्त्रिक मोर्चाले संयुक्त रूपमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेकोले यो आउँदो निर्वाचनको लागि थर्मामिटरको काम गर्ने बताए ।

यस कारण यो उप निर्वाचन गम्भीर मोडमा रहेकोले यसलाई थारु, मधेसी मुस्लिम लगायतका वर्ग एक भएर अगाडि बढ्नुपर्ने उनले धारणा राखे ।  यसै गरी राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि पहिचानवादी मुद्दा बोकेका पार्टीहरूलाई अहिलेको ठुला ३ पार्टीले आउँदो निर्वाचनमा निर्मूल पार्ने गरी लागेको बताउँदै यसलाई जोगाउन मधेसी थारु लगायत अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय लाग्नुपर्ने बताए ।

उनले अहिलेको सरकार आफ्नो भ्रष्ट नेता तथा मन्त्री र आफूहरूलाई जोगाउन मात्र लागेको आरोप लगाए ।  कार्यक्रमका अध्यक्ष एवं राष्ट्रिय उन्मुक्ति पार्टीका संरक्षक रेसमलाल चौधरीले पार्टीले यस क्षेत्रमा लोकप्रिय तथा स्थानीय नेतालाई टिकट दिने बताउँदै मोर्चामा आबद्ध पार्टीबाट धोका नहुने विश्वास रहेको बताए ।

“यो समर्थन स्वार्थको लागि जोडिएको समर्थन हैन, आर्सीवाद दिएर पनि भएको हैन, यो समर्थन खल्तीमा राखेको समर्थन पनि हैन ।” चौधरीले भने “यसको लागि धेरै सङ्घर्ष गरेर हातेमालो गर्न तयार भएको हौँ ।” उनले मधेसी र थारुको मिलन हुनै सक्दैन भन्नेहरूको लागि अबको रुपन्देही ३ को निर्वाचनले देखाइदिने दाबी गरे । कार्यक्रममा तमलोपाका अध्यक्ष बृशेष चन्द्र लाल कर्ण, लोसपाका लुम्बिनी  प्रदेश अध्यक्ष सन्तोष कुमार पाण्डे लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?