ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती

गुल्मीका अस्पताल: शिलान्यासमा तामझाम, काम गुमनाम

२० श्रावण २०८२, मंगलवार
२० श्रावण २०८२, मंगलवार

गुल्मी, २० साउन । 

२०७७ साल मङ्सिर १५ गते तामझामका साथ शिलान्यास गरेका  १५ शैयाका अस्पतालको निर्माण कार्य गुमनाम जस्तै रहेका छन् । गुल्मीका अस्पताल कतै शिलान्यास मै सीमित छन् भने कतै निर्माणमै अन्योल स्थिति देखा पर्दै आएका छन् ।

तत्कालीन  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहहरूमा एकै दिन अस्पतालहरूको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था पाँच वर्ष पुग्न लाग्दा पनि  दयनीय छन्  ।

अस्पतालको शिलान्यास गर्नका लागि  केन्द्रीय मन्त्री, पूर्व मन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यहरूले गाउँ–गाउँमा पुगेर  एकै दिन दुई तीन वटा अस्पतालको शिलान्यास गर्न समेत हतार हतार गरे । शिलान्यास भएको झन्डै पाँच वर्ष  पुग्न लाग्दा पनि थुप्रै स्थानीय तहका अस्पताल निर्माणको कामले गति लिन सकेका  छैनन् ।

 छत्रकोटमा बोलपत्रको तयारी
छत्रकोट गाउँपालिकाको १५ शैयाको अस्पताल तत्कालीन लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलान्यास गरेका हुन् ।  वडा नं ४ श्रृङ्गामा अस्पतालको शिलान्यास गरेको झन्डै पाँच वर्ष पुग्न लाग्दासमेत अस्पताल बन्ने होकी होइन भन्नेमै अन्योल स्थिति रहेको छ  ।

शिलान्यास गरिएको जग्गा भवन मापदण्ड अनुसार नभएकाले शिलान्यास गरिएको जग्गाको करिब तीन सय मिटर पर लामो कसरत पश्चात् जग्गाको व्यवस्थापन  गर्ने कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

जग्गा प्राप्तिको कार्य सम्पन्न भई डिपीआर लगायतका कार्य सम्पन्न भएकाले अव बोलपत्र निकाल्ने तयारीमा रहेको उनले बताए ।

मालिकाको बल्ल सुरु

मालिका गाउँपालिका वडा नं ४ अर्खबाङ्गमा पूर्व मन्त्री तथा सङ्घीय सांसद  गोकर्णराज विष्टले तामझामका साथ अस्पतालको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास गरिएको अस्पताल लामो समयसम्म शिलान्यासमै मात्र सीमित रहन पुग्यो ।

शिलान्यास गरिएको जग्गामा मापदण्ड नपुगेकाले नजिकै जग्गाको व्यवस्थापन गरी अस्पताल निर्माणका लागि घडेरी सम्माउने कार्य सुरु गरिएको उपाध्यक्ष उपेन्द्र अर्यालले जानकारी दिए ।

पहिले विभिन्न कारणले गर्दा कार्य अगाडि बढ्न नसकेको बताउँदै अहिले घडेरी सम्माउने काम भइराखेकाले जतिसक्दो छिटो काम सम्पन्न गर्ने गरी पालिका लागेको उनको भनाइ छ ।

धुर्कोटमा १५ प्रतिशत काम

धुर्कोट गाउँपालिको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको बेस (घडेरी मा)पहिरो आएका कारण निर्माणको कार्य अगाडि बढ्न सकेको थिएन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीका  अनुसार लामो समयको कसरत पश्चात् मन्त्रालयबाट डिपिआर र नक्सा केही परिवर्तन गरी गत वर्षबाट अस्पतालको निर्माण कार्य सुरु गरिएको छ ।

अहिले अस्पताल निर्माणको भौतिक प्रगति करिब १५ प्रतिशत भएको उनको भनाइ छ । पूर्व मन्त्री समेत रहेका गोकर्णराज विष्टले शिलान्यास गरेको अस्पताल निर्माणको जिम्मा रविना–अर्जुन–न्यु लिजा जेभीले १३ करोड बढीको लागतमा पाएको छ ।

इश्मामा ३२ प्रतिशत काम

गाउँपालिकाका अध्यक्ष भगतसिंह खडकाका अनुसार इस्मा गाउँपालिका ४ दोहली स्थित गुरुङगाडेमा १५ शैयाको अस्पताल निर्माणको कार्य करिब ३२ प्रतिशत भौतिक प्रगति भएको छ ।

१० करोड ८५ लाख ३६ हजारको लागतमा सुनिल समिर निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ ।

रुरुक्षेत्रमा ८५ प्रतिशत काम
रुरुक्षेत्र गाउँपालिकाको वडा नं १ को राता माटामा निर्माणाधीन अस्पतालको करिब ८५ प्रतिशत  भौतिक प्रगति भएको छ ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार भौतिक ८५प्रतिशत र आर्थिक प्रगति ७५ प्रतिशत भएको छ ।

अस्पतालको लुम्बिनी प्रदेशका तत्कालीन सामाजिक बिकास मन्त्री सुदर्शन बरालले शिलान्यास गरेका थिए । प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाख ८२ हजार ६ ५९ रुपियाँको लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।

कालीगण्डकीमा ५० प्रतिशत भैतिक प्रगति

तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाजागाजा र तामझामका साथ शिलान्यास गरेको अस्पतालको करिब ५० प्रतिशत भौतिक प्रगति भएको छ ।  गाउँपालिकाको वडा नम्बर तीन कनौटामा करिब साढे १२ करोडको लागतका खिम्ती–श्रेष्ठ–अन्जना जेभिले अस्पताल निमार्णको कार्य गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीका अनुसार अस्पतालको करिब ५० प्रतिशत भौतिक प्रगति र ४२ प्रतिशत वितीय प्रगति भएको छ ।  उक्त अस्पतालको शिलान्यास गरे लगत्तै मन्त्री ज्ञवाली प्रभुको हेली मार्फत पोखरा हुँदै मन्त्री परिषदको बैठकमा सामेल हुन हतारमा काठमाडौँ फर्किएका थिए ।

सत्यवती गाउँपालिकामा १५ शैयाको अस्पताल वडा नं ६ जोहांङमा निर्माणाधीन अवस्थामा छ । गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेका अनुसार ७० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । १२ करोड बढीको लागतमा आशिष योगेश्वर जेभी काठमाडौँ निर्माण सेवाले निर्माण कार्यको जिम्मा पाएको छ ।

मदाने गाउँपालिकामा वडा नं ६ पुर्कोटदहमा अस्पताल निर्माणको  भौतिक प्रगति ७५ प्रतिशत सम्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत शालीकराम पन्थीका अनुसार ७५ प्रतिशत भौतिक प्रगति र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ  ।

हिमदुम–एसी निर्माण कम्पनी बागलुङले १२ करोड ४८ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको छ  ।  मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर गौतमका अनुसार मुसिकोट नगरपालिका वडा नं ७ मा १५ शैयाको  अस्पतालको निर्माण कार्य ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

उक्त अस्पतालको निर्माणको जिम्मा खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले  पाएको छ । ११ करोड १० लाख २६ हजार १०८ रुपियाँ लागतमा अस्पताल निर्माण हुनेछ ।

दुई अस्पताल सम्पन्न, एक सञ्जालमा 

गुल्मी दरबार गाउँपालिकाको वडा नं ३ को झाँक्री डाँडामा १५ शैयाको  अस्पताल निर्माण कार्य सम्पन्न गरी केही महिना पहिलेदेखि सञ्चालनमा ल्याएको छ ।  उक्त अस्पताल बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको थियो ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरमा पनि अस्पताल निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलका अनुसार निर्माण व्यवसायीले अस्पताल निर्माणको कार्य सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिसकेकाले अव सञ्चालनको तयारीमा रहेको बताए ।

कुल  १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपियाँमा तुलसीभक्त–अर्जुन बिल्डर्स जेभीले निर्माण सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?